नामीको दशैं अघि नै चाडपर्व अफर, सिधै नगद छुट पाइने

काठमाडौं । डोङफेङ नामीको चर्चित ह्याचव्याक कार नामी-०१ मा चाडपर्व आउनु अघि नै विशेष अफर सुरु भएको छ । नामीको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले ‘हाई वेट फर द फेस्टिभल’ स्लोगन सहित स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको स्कीममा गाडी किन्ने ग्राहकले सिधै ८० हजार नगद छुट पाउने छन् । कम्पनीले टप भेरियन्ट नामी–०१ अब ३३ लाख ९९ हजारमै दिने भएको हो । उसको मूल्य ३४ लाख ७९ हजार रुपैयाँ थियो । नयाँ स्कीममा ८० हजार नगद छुट घोषणा गरेको हो ।

नामीको पहिलो ह्याचव्याक कार सेग्मेन्ट फस्र्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली बजारमा सफलता पाउन सफल मोडल बनेको हो ।

निकै बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक सहरी जीवनशैलीको लागि उपयुक्त प्रिमियम ह्याचव्याक बनाएको कम्पनीको दावी छ । त्यसैले एमएडब्लू वृद्धिले यसलाई ‘फाइभ-स्टार लक्जरी ईभी’ भन्छ ।

नेपालभर रहेका सबै डिलरहरुमा उक्त स्कीम संचालनमा रहेको कम्पनीको भनाइ छ । कम्पनीले दिएको प्रारम्भिक चाडपर्व योजनाको लाभ उपभोक्ताले राम्रो पाउने उसले दावी गरेको छ ।


Back_to_top