फक्सवागेनको नयाँ कार काठमाडौंमा, पहिलो पटक आयो १.५ लिटर इन्जिन

काठमाडौं । पूजा इन्टरनेशन नेपालले नयाँ सेडान कार काठमाडौं ल्याएको छ । जर्मन ब्राण्ड फक्सवागेनको कम्प्याक्ट सेडान ‘भर्टुस’ नेपाल ल्याएको हो ।

१.५ लिटर टर्बो इन्जिनको साथ ६ स्पीड म्यनुअल र अटोमेटीक गियरबक्समा नेपाल आएको भर्टुस निकै उत्कृष्ट पर्फमेन्स प्रदान गर्न सफल देखिएको छ । यसलाई चलाउन जति सहज र स्पोर्टी सेडानको फिल पाउन सकिन्छ, त्यति नै लग्जरी पनि लाग्छ ।

कम्पनीले बुधबारबाट सुरू हुने नाइमा मोबिलिटी एक्सपोबाट भर्टुसको बिक्री सुरू  गर्नेछ । जर्मन ब्राण्ड फक्सवागेनले भारतमा उत्पादन गरेको भर्टुसको अगाडिको डिजाइन निकै सार्प छ ।

फक्सवागेनको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित भर्टुसमा स्लीक र्यापअराउण्ड हेडलाइट निकै आकर्षक छ । भर्टुसको ग्रिल र बम्परमा टेस्टफुल क्रोम एसेन्टको प्रयोग गरिएको छ ।

भर्टुसको लम्बाइ ४ हजार ५४१ एमएम, चौडाइ १ हजार ७५२ एमएम र उचाइ १ हजार ४८७ एमएम छ । यसमा २ हजार ६५१ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । कारमा ५२१ लिटरको बुट स्पेस छ ।

निकै मोर्डन क्याविन लेआउट भएको भर्टुसमा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । साथै, सनरुफ, वायरलेस चार्जर, ८ वटा स्पीकरसहितको अडियो सिस्टमले युवाहरुको आकर्षण बढाउन सक्छ ।

फक्सवागेनले भर्टुसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, अटोमेटीक हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिलहोल्ड कन्ट्रोल, एम्बियन्ट लाइट, कुल्ड ग्लोबवक्स, टीपीएमएस, इएससी, इडीएस जस्ता आधुनिक फिचर उपलब्ध छ ।


Back_to_top