टीभीएस मोटर इन्डियाले आफ्नो उत्पादनमा नयाँ इन्जिनको प्रयोग सुरु गरेको छ । कम्पनीले भारतीय डिलर नेटवर्कमा नयाँ इन्जिन युक्त मोटरसाइकल पुर्याउन सुरु गरेको जनाएको हो ।
टीभीएस मोटर कम्पनीका निर्देशक तथा सिइओ केएन राधाकृष्णानले नयाँ इन्जिन युक्त टीभीएसका मोटरसाइकल डिलरमा पठाउन सुरु भएको पुष्टी गरेका हुन् ।
‘हामीले नयाँ प्रदुषण मापदण्ड (बीएस ६) अनुसार उत्पादन भएका मोटरसाइकल डिलरमा पठाउन सुरु गरेका छौँ । यही हप्ताबाट यसको बिक्री वितरण सुरु हुनेछ’, राधाकृष्णानले भने ।
उनले आगामी मार्च ३१ तारिखसम्म सबै उत्पादनमा बीएस ६ मापदण्ड अनुसारको इन्जिन दिइसक्ने उनले जानकारी दिएका छन् ।
कम्पनीले सुरुमा अपाचे सिरिजमा नयाँ इन्जिनको तयारी गरिरहेको भएपनि पहिलो बीएस ६ इन्जिन युक्त मोटरसाइकल आरटीआर १६० ४भी भएको अनुमान गरिएको छ ।
यस मोटरसाइकलमा कम्पनीले इन्जिनको अलावा नयाँ एलइडी हेडलाईट, रि–डिजाइन डीआरएलएस जस्ता परिमार्जन गरिएको छ । कम्पनीले नयाँ इन्जिनमा ल्याउने मोटरसाइकलको पुरानोको तुलनामा १० देखि १५ प्रतिशतसम्म मूल्य बढ्ने अनुमान गरिएको छ ।


