काठमाडौं । महिन्द्राको चर्चित एसयूभी स्कोर्पियो अब ४ भेरियन्टमा मात्रै आउने भएको छ । कम्पनीले लकडाउन कै अवधिमा भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा ल्याएको स्कोर्पियो सार्वजनिक गरेको हो ।
नेपालमा पनि महिन्द्रा स्कर्पियो निकै सफल एसयूभी हो । अहिले पनि नेपाल बजारमा ४ भेरियन्टमा नै उपलब्ध रहेको स्कोर्पियो बीएस ४ मापदण्डको इन्जिनमा उपलब्ध रहेको छ ।
अहिले नेपालमा स्कोर्पियो १.९ लिटर इन्जिनमा दुई भेरियन्ट उपलब्ध रहेको छ । साथै, २.२ लिटर सेग्मेन्टमा ४ भेरियन्ट उपलब्ध रहेको छ । यी एसयूभीको मूल्य ४८ लाख ८५ हजारदेखि ७१ लाख २५ हजार रुपैयाँसम्म रहेको छ । यी एसयूभी टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको छ ।
अब आउने नयाँ स्कोर्पियोमा अल ह्वील ड्राइभ अप्सनमा समेत उपलब्ध रहने छ । कम्पनीले नयाँ स्कोर्पियोमा २.२ लिटर क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १४० बीएच पावर र ३२० एनएम टर्क प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
नयाँ आउने स्कोर्पियोको मूल्य अहिलेभन्दा केही महंगो हुने छ ।





