बन्यो कोरोना भगाउने एसयूभी

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी चलिनै रहेको छ । तर, कोरोनाको सुरुवात भएको देश चीनमा भने कोरोना आफ्नो वरिपरि आउन नदिने एसयूभीको उत्पादन सुरु भएको हो ।

यस्तो गाडी उत्पादन सुरु गरेको दाबी गर्ने कम्पनीहरुले गाडीमा व्याक्टीरिया र कुनै किसिमको भाइरस गाडीको वरिपरि आउन नदिने विशेषता प्रदान गरिएको छ ।

चिनीयाँ अटो मोवाइल कम्पनी गिलीले बनाएको कारमा एयर फिल्ट्रेसन सिस्टम दिइएको छ । यसले कोरोना जस्ता भाइरसको संक्रमण रोक्न सहज हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसमा दिइएको ‘इन्टेलिजेन्स एयर प्यूरिफिकेसन’ सिस्टमले ०.३ माइक्रो मिटर आकारसम्मको ९५ प्रतिशत भाइरसलाई रोक्न सक्ने क्षमता राख्ने छ ।

कोरोना भाइरस ०.०६ देखि ०.१४ माइक्रो मिटरसम्म रहेको छ । गिलीले यो प्रोजेक्टको लागि ५.२ करोड डलर खर्च गरेको जनाएको छ । चीनमा गिलीको अलावा अन्य कम्पनीले पनि यस्तो किसिमको सिस्टमयुक्त कार निर्माण गर्ने जनाएको छ ।

विश्वभर ३५ लाखभन्दा बढी मानिस कोरोना संक्रमण रहेको छ । यस्तोमा घरबाहिर निस्कन चाहने मानिसको लागि यस्ता सिस्टमयुक्त कार उपयुक्त हुने छ ।


Back_to_top