काठमाडौं । टोयोटाको नेपालको लागि आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटा फर्चुनरको नयाँ बीएस ६ इन्जिन युक्त मोडल नेपाल ल्याउने भएको छ । कम्पनीले नयाँ फर्चुनर डिसेम्बरको अन्त्यसम्ममा नेपाल ल्याउने जनाएको छ ।
कम्पनीले फर्चुनर दुई भेरियन्टमा नेपाली बजारमा ल्याउने छ । नेपाल आउने क्रममा रहेको फर्चुनर अटोमेटिक र म्यानुयलगरि दुई भेरियन्टमा नेपाल आउने भएको हो ।
कम्पनीले अहिले म्यानुयल मोडलको मूल्य १ करोड ९७ लाख र अटोमेटिक भेरियन्टको मूल्य २ करोड ६ लाख रुपैयाँ निर्धारण गरेर बुकिङ लिइरहेको छ ।
टोयोटाले भारतमा उत्पान गरेको प्रिमियम एसयूभी फर्चुनरमा २.८ लिटर इन्जिन दिइएको छ । यसमा उपलब्ध २७५५ सीसी क्षमताको टर्बो चार्ज्ड डिजेल इन्जिनले अधिकतम ३४०० आरपीएममा १७७ पीएस पावर र १६०० देखि २४०० आरपीएममा ४२० एनएम टर्क प्रदान गर्छ । अझ यसको अटोमेटिक भेरियन्टले ४५० एनएम टर्क प्रदान गर्छ ।

सुरक्षाको हिसावले टोयोटा फर्चुनर उत्कृष्ट रहेको छ । यसले ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ भने यसमा ७ वटा एयरव्याग, भेहिकल स्टेविलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, हिल एसिस्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, आइएसओ फिक्स चाइल्ड सिट, एबीएस, इबीडी, स्पीड सेन्सिङ डोर लक/अनलक जस्ता फिचर उपलब्ध रहेका छन् ।
प्रिमियम लेदर सिट, दुई कलरमा सजाईएको सिट, तातो रेक्ने ग्लास, स्याडल सिफ्टर, क्रुज कन्ट्रोल, ठूलो टिएफटी डिस्प्ले, इफोटेन्टमेन्ट सिस्टम, एड्जस्टेवल स्टेरिङ, आर्मरेष्ट, स्मार्ट कि, पावर विन्डो, इको र पावर ड्राइभिङ मोड जस्ता विशेषता नयाँ फर्चुनरमा दिइएको छ ।


