सिट्रोनका कारमा गज्जब अफर ! एउटा कार किन्दा अर्को सित्तैमा

काठमाडौं । भारतमा सिट्रोन कारको डिलरले अचम्मको स्कीम सार्वजनिक गरेको छ । भारतको कोयम्बतुरस्थित सिट्रोन गाडीको डिलर एसजीए सिट्रोनले एउटा कार किन्दा अर्को कार सितैमा पाइने स्कीम सार्वजनिक गरेको हो ।

एसजीए सिट्रोनले सिस्ट्रो एयरक्रस सी ५ किन्न ग्राहकले सिट्रोनकै सी ३ एक्स कार पाउने स्कीम ल्याएको हो ।

कोयम्बतुरमा सिट्रोन सी ३ को मूल्य ३७ लाख ४० हजार रुपैयाँ रहेको छ । यो कार किन्दा कम्पनीकै अर्को सेडान कार सी ३ एक्स कुनै अतिरिक्त मूल्य नतिरि निःशुल्क पाउने छन् । एसजीएस सिट्रोनका अनुसार यो स्कीम स्टक उपलब्ध हुँदासम्म मात्र लागू हुनेछ । भारतमा सी ३ एक्सको मूल्य भने साढे ७ लाख रुपैयाँ हाराहारीमा छ ।

१९९७ सीसीमा उपलब्ध सिट्रोन सी-५ एयरक्रसमा फोर सिलिण्डर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७४ बीएच पावर र ४०० एनएम टर्क प्रदान गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।

सिट्रोन सी-५ एयरक्रसको लम्बाइ ४५०० एमएम, चौडाइ २०९९ एमएम र उचाइ १७१० एमएम रहेको छ । यसमा २७३० एमएमको ह्वीलबेस र ५८० लिटर क्षमताको बुट स्पेश पाउन सकिन्छ । सी-५ मा सम्पूर्ण लाइट एलइडी रहेको छ । प्रोजेक्टर हेडल्याम्प, एलईडी टर्न इण्डिकेटर, १८ इन्चको दुई कलरको डायमण्ड कट अलोय ह्वील दिइएको छ ।

पूर्णतः लेदर सिट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ६ वटा स्पीकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पार्क एसिस्ट फङ्सन, इलेक्ट्रीकल्ली एड्जस्टेबल ड्राइभिङ सिट, पानारोमिक सनरुफ, किलेस इन्ट्री, पुस बटम स्टार्ट जस्ता फिचर दिइएका छन् ।


Back_to_top