कठिन मानिने ‘ल्याटीन एनक्याप’मा डल्फीनलाई फाइभ स्टार रेटिङ

काठमाडौं । विश्वमै सबैभन्दा कडा मानिने ल्याटीन एनक्यापमा बीवाइडी डल्फीनले फाइभ स्टार रेटिङ पाउन सफल भएको छ । चिनियाँ ब्राण्डमा सबैभन्दा राम्रो स्कोर पाउन सफल डल्फीन क्र्यास टेष्टमा अब्बल देखिएको हो ।

ल्याटिन एनक्यापमा क्रयास टेष्ट गरिएको डल्फीनमा ७ एयरब्याग, लेभल टु एडास फिचर र ७८.२ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलको प्रयोग भएको कारण राम्रो स्कोर पाएको हो ।

क्रयास टेष्ट रिपोर्ट अनुसार डल्फीनले चाइल्ड यात्रुको सुरक्षामा ९३.१७ प्रतिशत, एडल्ट प्यासेन्ज सुरक्षामा ९२.६ प्रतिशत, पैदल यात्रु सुरक्षामा ७७.०३ प्रतिशत र सडक सुरक्षामा ८५.१७ प्रतिशत अंक पाएको हो ।

ल्याटिन एनक्यापका अनुसार गाडीमा प्रयोग भएको उडास फिचरहरुले आवश्यकता अनुसार ठ्याक्कै राम्रोसँग काम गरेको जनाएको छ । अगाडि र साइड इम्प्याक्टमा पनि यात्रु निकै सुरक्षीत रहने रिपोर्टमा उल्लेख छ ।

डल्फीन ह्याचव्याक कार नेपालमा पनि निकै सफल मोडल हो । नेपाली बजारमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाटको इलेक्ट्रीक मोटर रहेको डल्फीन एक आकर्षक ह्याचव्याक कार मानिन्छ ।


Back_to_top