बीवाइडीले पहिलो त्रैमासमा बेच्यो १० लाख बढी कार, निर्यात दोब्बरभन्दा धेरैले बढ्यो

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले सन् २०२५ को पहिलो त्रैमास (जनवरी-मार्च)मा १० लाख ८०४ युनिट भेहिकल बिक्री गरेको छ ।

सन् २०२४ को पहिलो त्रैमासको तुलनामा यस वर्ष कम्पनीको गाडी बिक्री ५९.८१ प्रतिशतले बढेको हो । सन् २०२४ को चौथो त्रैमासको तुलनामा भने बिक्री ३४.३४ प्रतिशतले घटेको छ ।

कम्पनीले सन् २०२५ को मार्चमा ३ लाख ७७ हजार ४२० युनिट न्यू इनर्जी भेहिकल बिक्री गरको तथ्यांक सार्वजनिक गरेको हो । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २४.७८ प्रतिशतले बढी हो ।

बीवाइडीले सन् २०२२ मार्चबाट इन्टरनल कम्बस्चन इन्जिनयुक्त गाडीको उत्पादन बन्द गरेको थियो । कम्पनीले अहिले प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक भेहिकल मात्र उत्पादन गरिरहेको छ ।

बीवाइडीले मार्च महिनामा ३ लाख ७१ हजार ४१९ प्यासेन्जर कार र ६ हजार १ वटा कमर्शियल भेहिकल बिक्री गरेको थियो । बीवाइडीले मार्चमा बिक्री गरेको पर्सनल भेहिलमा पीएचईभीको संख्या २ लाख ५ हजार ३१० युनिट र ब्याट्री इलेक्ट्रीक भेहिकल १ लाख ६६ हजार १०९ युनिट छ । बीवाइडीलको मार्चको बिक्रीमा करिब ४५ प्रतिशत ब्याट्री ईभी र ५५ प्रतिशत पीएचईभी रहेको छ ।

बीवाइडीले सन् २०२२ मार्चबाट इन्टरनल कम्बस्चन इन्जिनयुक्त गाडीको उत्पादन बन्द गरेको थियो । कम्पनीले अहिले प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक भेहिकल मात्र उत्पादन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो

बीवाइडीले मार्चमा अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो रेस्पोन्स पाएको छ । कम्पनीले मार्चमा ओभरसिज मार्केटमा ७२ हजार ७२३ युनिट एनईभी बिक्री गरेको हो । यो संख्या अघिल्लो वर्षको मार्चको तुलनामा ८९.२२ प्रतिशत धेरै हो ।

बीवाइडीले यो वर्ष पहिलो त्रैमासमा कुल २ लाख ६ हजार ८४ युनिट कार निर्यात गरेको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै अर्थात् ११०.५१ प्रतिशतले धेरै हो ।

बीवाइडीले सन् २०२३ मा ३० लाख भेहिलक बिक्री गरेको थियो भने सन् २०२४ मा यो संख्या बढेर ४३ लाख पुगेको थियो । कम्पनीले सन् २०२५ मा ५५ लाख र सन् २०२६ मा ६५ लाख कार बिक्री गर्ने योजना बनाएको छ ।


Back_to_top