काठमाडौं । अब युरोपमा बिचने सबै कारमा हवाइजहाजमा ब्ल्याक बक्स जस्तै उपकरण अनिवार्य रूपमा राख्नुपर्ने भएको छ ।
युरोपियन युनियन (ईयू) ले आगामी जुलाइदेखि बिक्री हुने सबै कारमा इभेन्ट डाटा रेकर्डर (ईडीआर) अनिवार्य गर्ने भएको हो ।
ईडीआरलाई हवाइजहाजमा हुने ब्ल्याक बक्ससँग तुलना गरिन्छ । चालकसहित आठ जना यात्रुसम्म यात्रा गर्ने सबै गाडीमा स्ट्याडर्ड फिचरको ईडीआर अनिवार्य गर्न लागिएको हो । यस्तै, ३५०० किलोग्रामभन्दा साना साइजका पिकअप ट्रक तथा भ्यानमा पनि अनिवार्य गरिएको हो ।
व्ल्याक बक्स भनिए सुन्तला रंगमा जहाजमा हुने यो डिभाइसले ककपिट भ्वाइस तथा फ्लाइट डाटा रेकर्ड गर्ने काम गर्छ । ब्ल्याक बक्सको सहयोगमा दुर्घटना हुनुको कारण पत्ता लगाउन सहज हुने गरेको छ ।
गाडीमा प्रयोग हुने ईडीआरले दुर्घटनाको ५ सेकेन्ड पहिला र ०.३ सेकेन्ड पछिसम्मको रेकर्ड गर्न सक्ने जनाइएको छ । गाडिमा इडीआर एयरब्याग कन्ट्रोल युनिटसँग इन्ट्रीग्रेट गरिएको हुनेछ जसलाई डिएक्टीभ गर्ने अप्सन हुँदैन । यो डिभाइसले एयरब्याग र सीटबेल्टमा दबाब पर्ने बित्तिकै अटोमेटिक रूपमा काम गर्नेछ ।

त्यस्तै, कारमा रहेको एक्टीभ हुड बाहिर निस्किएमा साथै अक्षांश र देशान्तरमा कुनै पनि दिशामा ८ किलोमिटर प्रतिघण्टा भन्दा धेरै स्पीडमा परिवर्तन भएमा पनि ०.१५ सेकेन्डमै रेकर्डिङ सुरू भइहाल्नेछ ।

