जावा पेराकको प्रतिस्पर्धी मोडल ल्याउँदै रोयल इनफिल्ड !

सांकेतिक तस्बीर

काठमाडौं । भारतीय प्रिमयिम मोटरसाइकल उत्पादक कम्पनी रोयल इनफिल्डले ३५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ३५० सीसी सेग्मेन्टमा बब्बर डिजाइन मोटरसाइकल ल्याउने तयारी थालेको हो ।

कम्पनीले क्लासिक ३५० मा आधारित क्लासिक ३५० बब्बर ल्याउने भएको हो ।

कम्पनीले सार्वजनिक गर्ने तयारी गरिरहेको यो मोटरसाइकलको परिक्षणको क्रममा देखिएको छ । सिंगल सिट अप्सनमा आउने यो मोटरसाइकलले जावा पेराकसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा जे सिरिज ३५० सीसी इन्जिन हुनेछ भने यसले २० बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा सेमी डिजिटल कन्सोल, अप्सनल ट्रिपर नेभिगेसन सिस्टम, ५ स्पीड ट्रान्समिसन गियरबक्स, एबीएस जस्ता फिचर समाबेस रहने छन् ।

यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा ट्वीन साइडेड सक अब्जर्बार को प्रयोग गरिने छ ।


Back_to_top