मानिसले यी ४ काम गरे कारमा भएको एयरब्यागले काम गर्दैन

काठमाडौं । सबै गाडी चढ्ने मानिसलाई एयरव्यागले गर्ने कामको विषयमा जानकारी हुन्छ । तर, एयरब्याग उपलब्ध गाडीमा चालक वा यात्रुले के गर्नु हुँदैन भन्ने विषयमा ज्ञान हुँदैन । यही ज्ञान नहुँदा धेरै मानिसले दुर्घटना हुँदा एयरब्याग नखुल्ने समस्या झेलिरहेका हुन्छन् ।

विशेषत यात्राको क्रममा अकस्मात हुने दुर्घटनाबाट चलक र यात्रुलाई आफ्नो अगाडि ढोक्कनबाट बचाउन दिइएने एयरब्याग नै नखुल्ने भयो भने ठूलो क्षती हुन सक्छ ।

अहिलेको अत्याधुनिक कारहरुमा पछाडि बस्ने यात्रुलाई समेत दुर्घटनाको बेलामा सुरक्षीत राख्नका लागि ८/९ वटासम्म एयरब्याग दिने गरिएको छ । एयरब्याग संचालनका लागि कारमा एक सेन्सर जडान गरिएको हुन्छ, जसले कारको कुनै बस्तुसँग जोडले ठोकिएको ३० मिलिसेकेन्ड भित्र नै एक्टिभेट हुन्छ ।

व्यवसायीक रुपमा अमेरिकी कार कम्पनी सेभ्रोलेटले सन् १९७० मा पहिलो पटक कारमा एयरव्याग जडान गरेको हो । भारतले सन् २०१९ बाट नयाँ सुरक्षा मापदण्ड तोकेसँगै कम्तीमा कारमा दुई एयरब्याग रहनै पर्ने ब्यवस्था गरेको छ । त्यसैले नेपालमा विक्री हुने सबै कारमा अहिले कम्तीमा दुई एयरब्याग पाउन सकिन्छ ।

कारमा एयरब्याग छ, तर हामीले यसको पूर्ण प्रयोग हुन दिन निम्नकुराहरुमा ध्यान दिनु पर्छ । यी सर्तहरु पालना गर्न सकेमात्रै एयरब्यागले काम गर्छ ।

सिट बेल्ट बाँध्नु अनिवार्य

कारमा सुरक्षाका लागि सिट वेल्ट दिइएको हुन्छ । कार चलाउदाँ वा कारमा बसेर यात्रा गर्दा हर समय सिट बेल्ट लगाउनु पर्छ । कारमा बस्दा सिट बेल्ट लगाएको छ भने दुर्घटनाको समयमा एयरब्याग खुल्दा सुरक्षित हुन सकिन्छ । तर, कुनै कुनै कारमा सिट बेल्ट लगाएको छैन भने एयरव्यागले फङ्सन गर्दैन । त्यसैले कारमा यात्रा गर्दा सिट वेल्ट अनिर्वायरुपमा प्रयोग गर्नुपर्छ ।

स्टेरिङबाट केही टाढा बस्नु राम्रो

कोही चालकले कार चलाउँदा स्टेरिङको नजिकै घोप्टीए जस्तो गरेर कार चलाएको देखिन्छ । तर, यस्तो बानीले दुर्घटनाको समयमा हानी नोक्सानी हुनसक्छ । कारमा चालकको साइडमा स्टेरिङ भित्र एयरव्याग राखिएको हुन्छ । दुर्घटनाको समयमा स्टेरिङमा रहेको कभर फुटेर वा निस्केर एयरव्याग खुल्ने भएकाले स्टेरिङको नजिक बसेर गाडी चलाउँदा अनुहार वा छातीमा चोट लाग्न सक्छ ।

ड्यासबोर्ड खाली राख्नु पर्छ

धेरै मानिसले कारको ड्यासबोर्डमा भगवानको मूर्ति वा अन्य सजावटका सामान टासेको देखिन्छ । कारको ड्यासबोर्ड भित्र आगाडिको प्यासेन्जरको लागि एयरब्याग दिएको हुुन्छ । यस्तोमा दुर्घटनाको समयमा ड्यासबोर्ड भित्रको एयरब्याग खुल्दा उक्त सामाग्रीले यात्रुलाई लाग्ने वा एयरव्याग खुल्नै समस्या हुने अवस्था आउँन सक्छ । केही मानिसले यात्रा गर्दा ड्याबोर्ड माथि खुट्टा समेत राखेको देखिन्छ । यसो गर्दा आवश्यक अवस्थामा एयरब्याग नखुल्न सक्छ ।

सिट कभर हाल्नु अघि ध्यान दिनु पर्ने

आजकल धेरै कार कम्पनीहरुले सिट भित्र नै एयरब्याग दिएको हुन्छ । नयाँ गाडी किनेपछि सिट विग्रन्छ भनेर अर्को कभर थप गर्दा एयरब्याग खुल्न सक्दैन । त्यसैले तपाईले किनेको कारमा सिट भित्र एयरब्याग दिएको छ वा छैन एकिन गरेर मात्रै सिट कभर लगाउनु पर्छ ।


Back_to_top