काठमाडौं । चांगनको आधिकारीक विक्रेता एमएडब्लू वृद्धिले दशैं स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा चांगन एल्सभीन किन्ने ग्राहकले ८ लाख डाउन पेमेन्ट गर्दा पुग्ने स्कीम ल्याएको हो । साथै, चांगनको हन्टर पीकअप किन्न चाहने ग्राहकले १५ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्ने छ ।
कम्पनीले आउँदै गरेको दशैं र तिहारको उपलक्ष्यमा ‘दशैं डिलाईट’ नामक अफर ल्याएको छ । अहिले चांगनले विक्री गर्दै आएको एल्सभीनको सुरुवाती मूल्य ४२ लाख छ भने हंटर पीकअपको मूल्य ७७ लाख रुपैयाँसम्म रहेको छ ।
कम्पनीले चाडपर्वको हर्षोउल्लासलाई मध्यनजर गर्दै ग्राहकलाई आकर्षक छुट, एक लाखसम्मको एक्सचेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र एक वर्षको सवारीसाधन कर पाउने छन् ।

चांगनका एल्सभीन र हंटर टेष्ट ड्राइभ गर्न चाहने ग्राहकहरुले काठमाडौंको नक्सालमा रहेको शोरुममा गई गाडीको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् ।


