बाटोमा इलेक्ट्रीक कारको सफ्टवेयर अपडेट गर्दा, गाडीमै थुनिए पछि…

पछिल्लो समय संसारभरका अटोमोबाइल्स कम्पनीको ध्यान इलेक्ट्रीक गाडीको उत्पादनप्रति केन्द्रित भएको छ । विशेषतः प्रायः सबै कम्पनीले उत्पादन गरेका इलेक्ट्रीक कारमा विभिन्न आधुनिक विशेषतासँगै ‘ओभर अफ द एयर अप्सन’ प्रदान गरेका हुन्छन् । तर, इलेक्ट्रीक गाडी चढ्दैआएका ग्राहकले भने उक्त सफ्टवेयर झन्झटिलो भएको बताएका छन् । 

बेइजिङ्गको ट्राफिक जाममा परेका एक चालक, गलत समयमा इलेक्ट्रीक कारको सफ्टवेयर अपडेट गर्दा घन्टौंसम्म जाममा फस्नुपरेको छ । चालकमा सफ्टवेयरबारे जानकारी नभएपछि उक्त घटना निम्तिएको हो । विशेषतः कारमा लागू भएको ओटिए अप्सनमार्फत् चालक स्वयंले टेक्नोलोजी अपडेट गर्ने गर्छन् । तर, प्रयोगकर्तामा यसबारे जानकारी नहुँदा यस्ता समस्यामा आइपर्ने गरेको छ । 

एक चिनीयाँ नागरिकले ईएस–८ इलेक्ट्रीक एसयूभीको टेस्टड्राइभ गर्ने क्रममा प्रक्रिया नै पूरा नगरी सफ्टवेयर अपडेट गरेपछि घन्टौंसम्म जाममा फसेका हुन् । उनले बिना प्रक्रिया सफ्टवेयर अपडेट गर्नेवित्तिकै कार पूर्णरुपमा चल्न छोडेको थियो । फलस्वरुप कम्पनीका प्रतिनिधि र कार चालक घन्टौंसम्म कारभित्रै बन्द भएका थिए । 

कम्पनीले उक्त घटनाप्रति माफि मागेको छ । सँगै ओटीए अपग्रेड हुनुपूर्व ड्राइभरलाई यसबारे निर्देशित गर्ने गरेको कम्पनीले दाबी गरेको छ । यस्ता प्रकारका घटनाले सफ्टवेयरप्रति नकारात्मक धारणा उब्जने जनाउँदै कम्पनीले नयाँ प्रविधिको उपयोग गर्नुपूर्व त्यसबारे जानकारी लिन आग्रह गरेको छ । 


Back_to_top