टोयोटाको नयाँ तयारी, नेक्स्ट जेनेरेशन इटियोस

टोयोटाले नेक्ट जेनेरेशन इटियोस निर्माण गर्ने तयारी गरेको छ । टोयोटा किर्लोस्कर मोटरका म्यानिजिङ्ग डायरेक्टर मासाकाजु योसीमुराले इटियोस र लिभालाई परिमार्जन गर्ने बताएका हुन् । 

कम्पनीले इटियोस–क्रशको लम्बाइलाई केही घटाउने तयारी गरेको छ । हाल बिक्री–वितरण भैरहेको इटियोस–क्रशको लम्बाई ४ हजार ३ सय ६९ एमएम रहेको छ । सस्ताे मूल्यमा बजारमा ल्याइने नेक्ट जेनेरेशनको इटियोस–क्रशले राम्रो बजार पकड्ने कम्पनीको विश्वास छ । 

यद्यपी कम्पनीले नयाँ इटियोस कुन प्लाटफर्ममा निर्माण हुने तथा कुन इन्जिन प्रयोग गर्ने भन्नेबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । 

नयाँ जेनेरेशनको इटियोस–क्रश भारतमा लागू हुने नयाँ इमिशन मापदन्ड, फ्यूल इफिसेन्सी र सुरक्षा विशेषता उपलब्ध हुनेछ । 


Back_to_top