होन्डा मोटरसाइकल तथा स्कुटर कम्पनीले सीबी–साइन र सीबी–साइन एसपीमा ड्रम–ब्रेक भेरियन्टमा सीबीएस विशेषता थप गरेको छ । कम्पनीले उक्त दुई मोटरसाइकललाई अप्रिल महिना अगावै बजारमा ल्याउने जानकारी गराएको हो । भारत सरकारले सवारीसाधनमा सीबीएस र एबीएस विशेषता अनिवार्य गरेसँगै कम्पनीले ती मोटरसाइकलमा नयाँ विशेषता थप गरेको छ ।
१२४ सीसी सिङ्गल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको साइनले ७५ सय आरपीएममा १०.१ बीएचपी पावरकासाथै ५५ सय आरपीएममा १०.३ एनएम–टर्क उत्पादन गर्छ ।
यी मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ट्वाइन स्प्रीङ्ग लगाइएको छ । दुबैमा १३० मिमिको ड्रम–ब्रेककासाथै २४० मिमिको डिस्क–ब्रेक दिइएको छ । होन्डा–सीबी साइन कम्पनीको सर्वाधिक बिक्री हुने मोडलअन्तर्गत पर्ने गर्छ ।


