चर्चामा जीपको स्मल एसयूभी ‘ट्रियो’, यस्तो छ फिचर

संसारभरका गाडी उत्पादक कम्पनीहरु एसयूभी बनाउन लागिपरेका छन् । त्यसमा पनि कोही पुरातन कम्बस्चन इन्जिन त केही इलेक्ट्रीक एसयूभी बनाउन लागी परेका छन् । हाइड्रोजन फियुल सेलमा पनि कम्पनीहरु लगानी गरिरहेका छन् । 

अझ भनौ कोही क्रसओभर कारको बजारमा रमाइरहेका छन् भने केही सब कम्प्याक र कम्प्याक एसयूभी उत्पादनमा लागि परेका छन् ।

यस्तोमा विश्वमा एसयूभीको ट्रेनसेट गर्ने कम्पनी जीपको चर्चा हुनु स्वभाविक हो । त्यसैले हामी आज जीपले २००३ मा टोकियो मोटर शोमा ल्याएको जीप ट्रियो स्मल एसयूभीको कन्सेप्ट कारको विषयमा जानकारी दिने प्रयास गरिरहेका छौं ।

डियुल इलेक्ट्रीक मोटर जडान गरिएको उक्त एसयूभीमा हाइड्रोजन फियुलसेलबाट चल्ने मोटर दिइएको थियो । अर्वान एक्टीभ जीप नामले चर्चित बनेको यो स्मल ट्रियो एसयूभीको कन्सेप्ट कार उत्पादनमा भने आउन सकेन । तीन सिट क्षमता रहेको उक्त प्रदुषणमुक्त कारलाई कम्पनीले अझै उत्पादनमा ल्याएको छैन ।

ट्रियोमा अगाडि चालक र एक यात्रु बस्ने स्थान रहेको उक्त कारमा पछाडी भने एक जना मात्रै बस्ने स्थान दिइएको थियो । ३२३५ एमएम लम्बाई रहेको जीपको उक्त एसयूभी सहरी क्षेत्रलाई हेरेर उत्पादन गरिएको थियो । 

अहिले हरेक कम्पनीले प्रदुषण मुक्त सवारीसाधन उत्पादनलाई प्रमुख मुद्दा बनाई रहेको समयमा के जीपले यो १६ वर्ष पुरानो स्मल कार उत्पादनलाई प्राथमिकतामा राख्ला ? यो भने हेर्न बाँकी नै रहेको छ ।


Back_to_top