‘मेड इन नेपाल’ हुन्डाई क्रेटा १ हजार युनिट बिक्री पूरा

काठमाडौं । नेपालमै एसेम्बल भएको (मेड इन नेपाल) हुन्डाई क्रेटाले १ हजार युनिट बिक्रीको माइलस्टोन पूरा गरेको छ ।

२०८१ चैतदेखि नेपालमा एसेम्बल हुन थालेको क्रेटाले २० महिनामा १ हजार युनिट बिक्री पूरा गरेको हो ।

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकलाई १००० औं मेड इन नेपाल क्रेटा हस्तान्तरण गरेको हो ।

क्रेटाले गत सेम्टेम्बरमा नेपालमा १० हजार युनिट बिक्रीको माइलस्टोन समेत पूरा गरेको थियो ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर्स कर्पोरेसनले नवपरासीकाे रामग्राममा प्लाण्ट स्थापना गरी २०८१ वैशाखदेखि हुन्डाई भेन्यु एसेम्बल थालेको थियो । हाल कम्पनीले क्रेटा र भेन्यु दुवै मोडल एसेम्बल गर्दै आएको छ ।

नेपालमै एसेम्बल हुन थालेसँगै क्रेटाको मूल्य एकैपटक ९ लाख रुपैयाँसम्म सस्तिएको थियो ।

नेपालमा एसेम्बल भएको नयाँ क्रेटामा १.५ लिटर क्षमताको इन्जिन छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर तथा १४४ न्युटन मिटर टर्क प्रदान गर्छ ।


Back_to_top