काठमाडौं । गत नाडा अटो शो २०२५ मा सार्वजनिक भएको हिरो जुम १२५ स्कुटरको डेलिभरी सुरू भएको छ ।
हिरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले नाडा अटो शोमा बुकिङ गरेकाहरूलाई स्कुटर उपलब्ध गराउन थालेको हो ।
कम्पनीले जुम १२५ स्पोर्टी स्कुटरको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
बढ्दो १२५ सीसी सेग्मेन्टमा हिरो जुम १२५ को बिक्री सुरू भएसँगै यसले टीभीएस एनटर्क, रेजेडआर तथा डिओ १२५ लाई कडा टक्कर दिनेछ ।

होन्डा डिओ १२५ को डिस्क भेरियन्टको मूल्य ३ लाख २६ हजार रुपैयाँ र टीभीएस एनटर्क बीएस ६ को मूल्य ३ लाख १२ हजार रुपैयाँ रहेको छ ।
हिरो जुम १२५ मा १२४.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कूल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले अधिकतम ९.८ ब्रेकहर्स पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटरले ० देखि ६० किमीको स्पीड मात्र ७.६ सेकेण्डमा भेट्छ ।
हिरो जुम १२५ मा सबै एलईडी लाइटको प्रयोग गरिएको छ भने सेग्मेन्टमै पहिलो १४ इन्चको अलोय ह्वीलको प्रयोग गरिएको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेकको प्रयोग गरिएको छ ।
कम्पनीले यसमा स्मार्ट कनेक्ट फिचरका साथै डिजिटल स्पीडोमिटर दिएको छ । यसको अगाडी टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन दिएको छ ।

