काठमाडौं । भेष्पा तथा अप्रिलियाको नयाँ आयातकर्ता कम्पनीले स्कुटर विक्री सुरू गरेको छ । डेल्टा अटोकर्प भेष्पा अप्रिलियाको आधिकारिक वितरकमा नियुक्त भएसँँगै विक्री सुरू गरेको हो ।
भेष्पा तथा अप्रिलियाले दुगड ग्रुपले अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै नयाँ डेल्टा अटोकर्पलाई आधिकारिक वितरकमा नियुक्त गरेको हो ।
डेल्टा अटोकर्पले देशभर रहेको पुराना डिलर तथा केही थप डिलर नेटवर्कबाट विक्री सुरू गरेको जनाएको छ ।
योसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले भेष्पाको ९ भेरियन्टका स्कुटर र अप्रिलियको ५ भेरियन्ट स्कुटरको मूल्य सार्वजनिक गरेर विक्री सुरू गरेको हो ।
भेष्पा स्कुटरको मूल्य ३ लाख १ हजार ९४६ रुपैयाँदेखि ४ लाख ४४ हजार ४४६ रुपैयाँसम्म रहेको छ । कम्पनीले १२५ सीसी र १५० सीसीका स्कुटर विक्री गर्दै आएको छ । त्यस्तै अप्रिलिया तर्फ २ लाख ७८ हजार ९०० रुपैयाँदेखि ४ लाख ६५ हजार रुपैयाँसम्म निर्धारण गरेको छ ।
यस्तो छ नयाँ मूल्यसूची



