एम्पियर स्कुटरको च्याचिस भाँचियो, धेरै यूनिटमा समस्या

काठमाडौं । इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एम्पियरको उत्पादनमा च्याचिस भाँचिने समस्या देखिएको छ । भारतीय कम्पनी एम्पियरको म्याग्नस स्कुटरमा च्याचिस भाँचिने समस्या देखिएको हो ।

मेरठमा भएको दुर्घटनामा स्कुटरको च्याचिस भाँचिएको हो भने घटनामा बाबु छोरा सामान्य घाइते भएका थिए । सडकमा चलिरहेको सामान्य अवस्थामा नै स्कुटरको च्याचिस भाँचिएको थियो ।

यो घटना लगत्तै एम्पियरको आधाकारिक डिलरलाई खवर गरिएको थियो । तस्बिरमा देखिएको स्कुटर दुई टुक्रा देख्न सकिन्छ । फ्रन्ट फ्लोवोर्डको अगाडि भागबाट स्कुटर छुट्टिएको देखिन्छ ।

यो घटनामा स्कुटरधनी मोहित कुमारले तत्काल नजिकैको डिलर श्री शिव इलेक्ट्रीकललाई खवर गरेका थिए । उनले डिलरकोमा लगेको स्कुटरको च्याचिस फ्लोरवोर्डको अगाडि भागबाट भाँचिएको स्पष्ट देख्न सकिन्छ ।

श्री शिव इलेक्ट्रीकलका संचालक अंकुर बन्सलले हालसम्म ४० म्याग्नसको च्याचिस भाँचिएको बताएका छन् । उनले ४०० यूनिट स्कुटर बेच्दा ४० स्कुटरमा समस्या देखिएको बताएका हुन् । एकदमै धेरै हो ।

दुर्घटना पश्चात् कम्पनीले मोटरसाइकलको च्याचिस परिर्वतन नगरेर मर्मत गरेर पढाएको स्कुटर धनी मोहितले बताएका छन् । उनका अनुसार ३ वर्षको वारेन्टी भनेर बिक्री गरिएको स्कुटर एक वर्ष नपुग्दै च्याचिस भाँचिदा रिप्लेस नगरेर मर्मत गरिएको बताए ।

लगातार यस्तो घटना भएतपनि कम्पनीले हालसम्म स्कुटर रिकल गरेको छैन र के कारणले च्याचिस भाँचिएको हो भन्ने विवरणसमेत सार्वजनिक गरेको छैन ।


Back_to_top