‘डिटेल’ ब्रान्डको इ-स्कुटर नेपाल भित्रियो, मूल्य ६० हजारभन्दा कम हुने

काठमाडौं । भारतीय इलेक्टिक स्कुटर ब्रान्ड डिटेल इभी नेपाल भित्रिएको छ । ओपल मल्टिनेशनल प्रालिले सबैभन्दा कम मूल्यको इलेक्टिक स्कुटर नेपाल विक्री गर्ने तयारी गरेको हो ।

ओपल मल्टिनेशनल प्रालि डिटेल इभीको नेपालको आधिकारिक वितरकमा नियुक्ति भएको छ । कम्पनीका चेयर म्यान निरन्जन श्रेष्ठका अनुसार छिट्टै नै नेपाली बजारमा दुई मोडलका एकदमै मितव्ययी स्कुटर सार्वजनिक गर्ने तयारी भएको हो ।

उनका अनुसार पहिलो चरणमा दुई मोडलका स्कुटर नेपाल भित्रने छ । नेपाली बजारमा फस्टाउँदो अनलाइन डेलिभरी प्लेटफर्मलाई लक्षित गरेर डिटेल इभीको एक मोडल र अर्को रेगुलर यात्राका लागि उपयुक्त हुने स्कुटर रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा नेपाल भित्रने स्कुटरको मूल्य ५० हजारदेखि ६० हजार रुपैयाँसम्म रहने अनुमान रहेको जनाएको छ । मासिक २ हजार रुपैयाँ किस्तामा स्कुटर बेच्ने तयारी समेत गरेको जनाएको छ ।

डिटेल इभीको नेपालको आधिकारिक वितरक ओपल मल्टिनेशनल प्रालि विगत १५ वर्षदेखि नेपाली बजारमा ग्याजेट्सको व्यापार गर्दै आएको कम्पनी हो ।


Back_to_top