काठमाडौं । डोङफेङ नामीको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नयाँ वर्षको अवसर पारेर स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ वर्ष स्कीममा ग्राहकले १ लाख रुपैयाँसम्मको अतिरिक्त फाइदा पाउने छन् ।
अहिले विद्युतीय कार खरिद गर्नेले अनिर्वाय २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । तर, कम्पनीले २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी उपलब्ध गराउने छ । आवश्यक पर्ने ग्राहकलाई कम्पनीले कर्जा सुविधा पनि इन्भेष्टमेन्ट कम्पनी मार्फत उपलब्ध गराउने जनाएको छ ।
हरेक डेलिभरीमा उपभोक्तालाई आकर्षक उपहार अफर गरेको नामी कार कर्जा प्रोसेस गरेको दुई दिन भित्रै उपलब्ध गराउने कम्पनीले जनाएको छ । डोङफेङ नामी अहिले निकै चर्चामा रहेको ह्याचव्याक कार हो ।
साइजको आधारमा सब फोर मिटर एसयूभी सरह रहेका नामी ह्याचव्याक निकै आकर्षक फिचरको कारण चर्चामा रहेको कार हो ।

