काठमाडौं । गत चैत १५ गते राजावादीको आन्दोलनका क्रममा भएको हुलदंगाका कारण २४ वटा सवारी साधनमा क्षति पुगेको भन्दै बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार (चैत २६ गतेसम्म) २२ वटा निजी र २ वटा सार्वजनिक सवारी साधनमा १ करोड ३३ लाख ९५ हजार ६७७.५ रुपैयाँ बराबरको क्षति पुगेको भन्दै बीमा दाबी परेको हो ।
२२ वटा निजी सवारी साधनको १ करोड ६ लाख ४५ हजार रुपैयाँ र २ वटा सार्वजनिक सवारीको २७ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
कुल २४ वटा दाबी परेकोमा हालसम्म २ वटाको ४३ हजार ८८२.५० रुपैयाँ मात्रै भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
तीनकुनेबाट तितरवितर भएको अराजक समूहले काठमाडौंको भाटभटेनी, बालकुमारी, जडीबुटी लगायत स्थानमा सरकारी र निजी सवारी साधनमा तोडफोड र आगजानी गरेका थिए ।