डोटीको गाउँपालिकाले सञ्चालन गर्यो आफ्नै बस, जेष्ठ नागरिकलाई छुट

काठमाडौं । डोटीको स्थानिय तहले आफ्नै सार्वजनिक यातायात सञ्चालन गरेको छ । डोटीको पूर्वीचौकी गाउँपालिकाले २ वटा बस सञ्चालनमा ल्याएको हो ।

अशोक लेल्यान्डको ३६ सिट क्षमताको दुईवटा बस गाउँपालिकाले खरिद गरेको छ । दुई वटा बसको मूल्य करिब ८० लाख रुपैयाँ परेको गाउँपालिकाले जनाएको छ ।

सर्वसाधारणको सहजताको लागि गाउँपालिकाले बस सञ्चालनमा ल्याएको पूर्वीचौकी गाउँपालिकाका अध्ययक्ष दीर्घराज बोगाटीले जानकारी दिए ।

उनका अनुसार स्थािीयको सुविधालाई मध्यनजर गर्दै सो २ बस सञ्चालनमा ल्याइएको हो । गाउँमा बस सञ्चालनमा आएपछि सर्वसाधन निकै खुसी भएको उनले बताए ।

विगतमा सर्वसाधारणन महंगो शूल्क तिरेर जीपमा आवतजावत गर्नुपर्ने अवस्था थियो । बस सञ्चालनमा आएपछि स्थानियहरु सहजै सुलभ मूल्यमा आवतजावत गर्न सकेको उनले बताए ।

‘हामीले कुनै नाफाका लागि बस सञ्चालनमा ल्याएका हैनौं, यसले स्थानीयलाई निकै सहयोग पुगेको छ,’ बोगटीले मेरोअटोसँग भने ।

उनका अनुसार हाल सो बस चौखुट्टेदेखि सिलिगडी–दिपायलसम्म सञ्चालन हुँदै आएको छ । बसमा ७० वर्ष माथिका वृद्धाहरुका लागि छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

डिजिटल डिस्प्ले तथा अटोमेटिक सेन्सर लक भएको बस सञ्चालनमा ल्याइएको उनले बताए ।


Back_to_top