पैदल यात्रुलाई ठक्कर दिएर फरार चालकविरुद्ध ज्यान मुद्दा

भक्तपुर । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–९ अरनिको राजमार्गस्थित नलिनचोक बाँसघारीमा पैदल यात्रुको ज्यान जाने गरी ठक्कर दिएर फरार ट्रक चालकलाई प्रहरीले पक्राउ गरी आजै ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । 

यही वैशाख १ गते राति बा४ख २९३४ नंम्बरको ट्रकले ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय रामहरि भुजेलको मृत्यु भएको थियो भने सवारीसहित चालक फरार भएका थिए । 

चालक नुवाकोट, बेलकोट नपा–१२ घर भई काठमाडौं बालाजु बस्ने ५१ वर्षीय मोहनबहादुर अधिकारीलाई भनपा–१ सल्लाघारीबाट पक्राउ गरी आज ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए । 


Back_to_top