फोर्ड फ्रिस्टाइलको अग्रिम बुकिङ्ग खुल्ला, मूल्य अझै सस्पेन्स

काठमाडौं । नेपाली बजारमा फोर्डको आधिकारी वितरक ‘गो अटोमोबाईलस्’ले नयाँ सियुभी फोर्ड फ्रिस्टाइलको अग्रिम बुकिङ्ग खुल्ला गरेको छ । कम्पनीले यो नयाँ गाडी सियुभी सेग्मेन्टमा उत्कृष्ट रहेको दाबी गरेको छ ।

भारतीय बजारमा अप्रिल २६ तारिकमा सार्वजनिक गर्ने तयारी भइरहेको यो गाडी नेपाली बजारमा मे १ मा ल्याउने तयारी कम्पनीले गरेको जनाएको छ । 

कम्पनीले अहिलेसम्म मूल्य खुलाएको छैन । यसको मूल्य कति पर्छ अहिलेसम्म हामीलाई नै थाहा छैन । कम्पनी सम्बद्ध स्रोतले मेरोअटोसँग भन्यो ‘गाडी आएपछि मूल्य थाहाहुन्छ ।’  

कम्पनीले फोर्ड फ्रिस्टाइल नेपाली बजारमा आएको पहिलो सियुभी रहेको दाबीसमेत गरेको छ । यसमा ९६ पिएस पावर प्रदान गर्ने नयाँ १.२ लिटर टिआई–भिसिटी इन्जिन जडान भएको छ । चालक र यात्रुको सुरक्षाको लागि ६ एयर ब्यागका साथै एआरपी जडान भएको छ । 

यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर र स्पोटी सस्पेन्सन प्रयोग गरिएको छ । 

कम्पनीले नयाँ सियुभी फोर्ड फ्रिस्टाइलको अग्रिम बुकिङ्गमा अफरहरुसमेत ल्याएको छ । जसमा ३० हजार रुपैंयाको निःशुल्क एसोसोरिज, ३ भाग्यमानी ग्राहकले लक्की ड्र मार्फत आईफोन एक्स जित्ने मौका प्रदान गर्ने जनाएको छ । 


Back_to_top