फक्सवागनको एमियो सार्वजनिक, मारुती डिजायरसँग प्रतिस्पर्धा

काठमाडौं । फक्सवागन एमियो १.० लिटर पेट्रोल इन्जिन क्षमतासहित आउने भएको छ । ९९९ सिसि इन्जिन क्षमता रहेको यो कारमा फक्वागन पोलोको इन्जिन प्रयोग गरिएको छ । तीन सिलिन्डर रहेको यो कारले ६२०० आरएमपी मा ७६ एचपी पावर र ३०००–४३०० आरपिएममा ९५ एनएम टर्क उत्पादन गर्छ ।   

अटो कारको रिर्पोट अनुसार फक्सवागन एमियोमा प्रयोग गरिएको १.० लिटर क्षमताको इन्जन ७५ एचपीको  १.२ लिटरलाई परिर्वतन गरिएको हो । यसको नयाँ इन्जिनमा BS-VI (भारत स्ट्यान्डर्ड–४) प्रविधि प्रयोग भएको छ । ५ स्पीड म्यानुएल गियर बक्स रहेको यो गाडीमा अटोमेटिक ट्रान्समिसन अप्सन भने दिइएको छैन । साथै, एमियो १.५ लिटर इन्जनमा समेत उपलब्ध रहेको छ । 

नयाँ मोटर इन्जन साथ आएको फक्सवागन एमियो भरतीय बजारमा आइसकेको छ । यो गाडी मध्यमखाले सुविधायुक्त सेग्मेन्टमा उत्कृष्ट भएको कम्पनीले दावी गरेको छ । यसमा फक्स कार्वन फाइबर स्पोइलर, एलोय व्हुइल, क्रुज कन्ट्रोलको प्रयोग गरिएको छ । भारतीय बजारमा यसको मूल्य ६ लाख १० हजार भारतीय रुपैयाँ रहेको छ ।  

मारुती डिजायरसँग प्रतिस्पर्धा

फक्वागन एमियोको प्रतिस्पर्धा मारुती डिजायरसँग हुने भारतीय मिडियाले जनाएका छन् । मूल्यका हिसाबले दिल्लीमा डिजायर पेट्रोल इन्जनको मूल्य ५ लाख ५६ हजारबाट सुरु भएर ८ लाख ४३ हजारसम्म रहेको छ । जुन एमियोको मूल्यसँग मिल्दोजुल्दो रहेको छ । 

भने, डिजेल इन्जनको मूल्य ६ लाख ५६ हजारदेखि ९ लाख ४३ हजारसम्म रहेको छ । मारुतीको नयाँ डिजायर १.२ लिटर इन्जनमा ८३ पिएस पावर र ११३ एनएम टर्क उत्पन्न गर्छ । ५ स्पीड मेनियुल गियर रहेको छ । 


Back_to_top