सुपर लक्जरी मर्सिडिज–एमबेक बेइजिङ अटो शोमा सार्वजनिक हुने

काठमाडौं । चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि हुन लागेको बेइजिङ मोटर–शोमा जर्मन सवारी उत्पादक मर्सिडिज बेन्जले नयाँ मोडलका कार सार्वजनिक गर्ने भएको छ । 

मर्सिडिजले बेइजिङमा भिजन मर्सिडिज–एमबेक अल्टिमेट लक्जरी कन्सेप्ट र ए–क्लास सेडान सार्वजनिक गर्ने भएको हो । 

चीन विश्वको सबैभन्दा ठूला कार बजार हो । त्यसैले विश्वका ठूला सवारी उत्पादक कम्पनीहरुको ध्यान चीनतर्फ आकर्षित हुन थालेको छ । 

मर्सिडिज–एमबेक जीएलएस एसयुभीको बिक्री २०१९ देखि सुरु हुने कम्पनीे जनाएको छ । कम्पनीले उक्त मोडलको केही उत्पादन अमेरिकाको लस एन्जल्समा भएको मोटर शोमापनि सार्वजनिक गरेको थियो । 

मर्सिडिज–एमबेकले बेन्टलेका बेन्टाइगा, रेन्ज रोभरको एसभी अटोबायोग्राफी र आउँदै गरेको रोल्स रोयसको कुलिनानसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । मर्सिडिजले एमबेकलाई सुपर लक्जरी कारका रुपमा लिएको छ, जसलाई नेक्स्ट जेनेरेसन जीएलएस भनिएको छ । 

मर्सिडिज–एमबेकमा ४.० लिटर ट्वीन टर्बो भीएट इन्जिन रहने छ । यो इन्जिनले ४६२ बीएचपी पावर र ७०० एनएम टर्क दिन्छ । यो कार आगामी वर्षसम्ममा भारतमा समेत आउने अनुमान गरिएको छ । भारतमा आउँदा यो कारको मूल्य ३ करोड भारु पर्ने अनुमान गरिएको छ । 


Back_to_top