सवारी चालकले कस्तो गल्तिगर्दा कति जरिवाना ? (सूचिसहित)

काठमाडौं । चालकले सडकमा गर्ने नियम उल्लंघनका घटनाले नै प्रायः सडक दुर्घटना निम्त्याउँछ । कति समयमा जानेर वा नजानेर पनि सडकको नियम मिच्ने काम सवारी चालकले गर्छन् । 

जसलाई नियमन गर्ने काम ट्राफिक प्रहरीले दिनरात सडकमै बसेर गर्छन् । तपाईलाई कुन गल्तिमा कति जरिवाना र के सजाय पाउने भन्ने जानकारी नभएको पनि हुन सक्दछ ।

त्यसैले सवारी साधन सडकमा लिएर हिड्दा पूर्णरुपमा ट्राफिक नियम पालना गर्नुपर्ने हुन्छ । यदि कथंकदाचित तपाईबाट गल्ति भयो र ट्राफिक प्रहरीले चिट काट्यो भने यी गल्तिमा यस्ता कारबाही र जरिवाना हुने गर्छ ।

यातायातमार्फत जरिवाना हुने कसुरहरु 

– निर्धारित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएको ।

– बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।

– सवारीको स्वरुप परिवर्तन तथा मोडिफाई गरेको ।

– वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएको । (यस्ता गल्तिगर्दा ५ हजारसम्म जरिवानामा परिने छ)

एक हजार जरिवाना हुने कसुरहरु

–  सवारी चालक अनुमति पत्रप्राप्त नगरी सवारी चलाएको ।

–  सार्वजानिक स्थानमा बाधा पुग्नेगरी माल–सामान वा सवारी राखेमा ।

–  दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको ।

–  मादक पदार्थ सेवनगरी सवारी चलाएको ।

–  सवारी चालक अनुमति पत्रप्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।

५०० जरिवाना हुने कसुरहरु

– तोकिएको भन्दा बढि मालसामान राखेमा ।

– सवारीको वजनहद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको ।

–  सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको ।

–  प्रयोजन बिपरीत सवारी चलाएको ।

–  हेल्मेट नलगाएको ।

– सवारी आवागमनमा बाधा पुर्याएको ।

–  अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको ।

–  छतमा यात्रु बोकेको वा राखेको ।

एक हजार ५ सय जरिवाना हुने कसुरहरु

– ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको ।

–  सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको ।

–  सवारी मोड्न वाध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको ।

–  सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ।

–  एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।

–  अवस्था ठिक नभएको सवारी चलाएको ।

–  निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।

–  राती बत्ती नबाली सवारी चलाएको ।

–  सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।

–  नम्बर प्लेट नराखी सबारी चलाएको ।

–  सवारीको वजनको हदनिर्धारण गरिएको ठाउँमा वजनभन्दा बढी वजनको सवारी चलाएको ।

–  पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।

–  सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हदनिर्धारित गरिएकोमा सो हदभन्दा बढी राखीसवारी चलाएको ।

–  सार्वजनिक सवारीको चालकले यात्रीलिन ईन्कार गरेको ।

–  निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।

–  लापरवाहीका साथ सवारी चलाएको ।

–  बाटो ईजाजतपत्रनलिई सार्वजनिक सवारी चलाएको ।

–  सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।

२४ घण्टे पुर्जिप्राप्त गरेपछि के गर्ने ?

– ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम चालक वा व्यवस्थापकबाट सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र लिएर २४ घण्टे पुर्जि दिने गरेको छ ।

– उक्त पुर्जि प्रत्येक ट्राफिक प्रहरीले स्थलमा नै उपलव्ध गराउछन् ।

– पुर्जि प्राप्त गरेको २४ घण्टामा सम्वन्धित ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क राखी जरिवाना रकम वुझाउनु पर्नेछ ।


Back_to_top