सुरक्षित ड्राइभिङको लागि रोयल इन्फिल्ड सर्भिस राइड कार्यक्रम

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस्ले हिजो आइतबार रोयल इन्फिल्ड सर्भिस राइड कार्यक्रम आयोजना गरेको थियो । 

माछापोखरी, सामखुसी, पानीपोखरी, महाराजगन्ज, बासँबारी, गोल्फुटार, हात्तिगौडा, बुढानिलकण्ठ हुदैँ काठमाण्डौको शिवपुरी स्थित ग्रिनभ्याली रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । राइडर रमेश अवालेले रोड क्याप्टेनको भुमिका निभाएका थिए । 

यस राइडमा ३३ वटा रोयल इन्फिल्डसहित ४० जना राइडरहरुले सहभागीता जनाएका थिए । र्यालीको मुख्य उद्देश्य भनेको राइडरलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, पर्यावरण एंव वातावरण मैत्री सडक अनुसासनको सन्देश प्रवाह गर्नु रहेको कम्पनीले जनाएको छ । 


Back_to_top