काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुलमा दुई दिन रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइने भएको छ ।
नारायणगढ-बुटवल सडक आयोजनाले सूचनामार्फत एक सूचना जारी गर्दै चितवन र नवलपरासी जोड्ने नारायणी पुलमा मंसिर ५ र ६ गते राति राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको जानकारी गराएको हो ।
नारायणगढ-बुटवल सडकको गैँडाकोटतर्फको सडकमा कालोपत्र गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको आयोजनाले जनाएको हो ।
आयोजना कार्यालयले त्यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरेको छ ।


