टेस्टिङको क्रममा देखियाे केटिएम ३९० एडभेन्चर, बिएमडब्ल्यु ३१० जिएससँग प्रतिस्पर्धा

केटिएम ३९० एडभेन्चर बाइक भारतीय सडकमा टेस्टिङको क्रममा देखिएको छ । 

कम्पनीले २०१९ को मध्यतिर यो बाइकमा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनी हालै मात्र ड्यूक १२५ सार्वजनिक गरेको छ । 

टेस्टिङको क्रममा देखिएको बाइकमा कम्पनीले रेगुलर अलाय ह्वीलको प्रयोग गरेको छ । जुन, अफरोड तथा अनरोड दुबैको लागी उपयुक्त हुने छ । 

प्रिमियम ड्युल स्पोर्ट सेग्मेन्टमा निर्माण भएको यो बाइकको डिजाइन फ्लगशिप १२९० सुपर एडभेञ्चर मोटरसाइकलबाट लिईएको हो । यसमा ३७३ सीसी इन्जिन क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिनले ४४ पीएस पावर तथा३५ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिन केटीएम ३९० ड्युक र आरसी ३९०मोडलमा पनि रहेको छ । 

बाइकमा ठुलो साइजको ह्वील, ड्युल स्पोटर्स टायर, लामो दुरीको यात्राको लागि सस्पेन्सन, पेनिअर माउन्ट्स, कम्फर्टेबल सिटिंग पोजिशन, हाई इन्टनसिटी हेडल्याम्पस, विन्डस्कृन, ड्युल  डिस्क ब्रेक तथा एबीएस सिस्टम दिइएको छ । यो बाइकको सिधा प्रतिस्पर्धा बिएमडब्ल्यू जि ३१० जिएससँग हुनेछ । 


Back_to_top