काठमाडौं । विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै यसमा देखिने समस्याले धेरैलाई पिरोलेको हुन्छ । विगत ५ वर्षदेखि नेपालमा विद्युतीय कारको विक्री बढेको हो । नयाँ टेक्नोलोजी भएपनि नेपालले विद्युतीय गाडी सहजै अंगिकार गरेको थियाे । माेटरसाइकल तथा स्कुटरकाे विक्री भर्खर सुरू भएकाे छ ।
बजारमा पेट्रोलको मूल्य बढ्दो क्रममा रहेसँगै कार वा मोटरसाइकल या स्कुटर जे भएपनि विद्युतीय किन्नु पर्छ भनेर मानिसहरु बहस र छलफल गरिरहेका छन् । यसरी विद्युतीय गाडीको प्रयोग बढ्दा वातावरण र ध्वनी प्रदुषण कम हुनुको साथै नेपालकै विजुली उपभोग बढ्ने भएको कारण ईभी किन्ने बढेका हुन् ।
इलेक्ट्रीक सवारीसाधन जति वातावरणको लागि उपयुक्त छ, त्यति नै चलाउन समेत सजिलो छ । ईभीमा आईसी इन्जिनमा जस्तो धेरै पाट्सहरु नहुने भएकोले यो एकदमै सरल हुन्छ । तर, एड्भान्स टेक्नलोजीको प्रयोग र हाइभोल्टेज करेन्ट स्टोरेज हुने भएकोले ईभीमा समस्या आए मर्मत संभार जहाँ त्यहि र जो कोहीले गर्न सक्दैन ।
आईसी इन्जिन भएका सवारीसाधन बनेको सयौं वर्ष पुगिसकेको छ, ब्यवसायीक रुपमा नेपाल आएको पनि ५० वर्षभन्दा धेरै भइसकेको छ । त्यसैले यस्ता गाडीमा सामान्य समस्या हुँदा चालक आफैले वा नजिकैको मेकानीक्सले बनाउन सक्छन् ।
तर, ईभी भने हाइटेक हुने भएकोले केही समस्या आएमा सम्बन्धीत कम्पनीको मेकानीक्सहरुले कम्प्यूटर सिस्टममा जोडेपछि मात्र समस्या पहिचान गर्न सक्छन् । त्यसकारण ईभीमा केही समस्या आएमा सम्बन्धीत कम्पनीको सर्भिस सेन्टरको सहयोग लिनु पर्छ । रोड साइड मेकानीक्स वा आफै जान्ने हुनु हुँदैन ।
कहिलेकाहिँ इभीमा सामान्य कुराले पनि दुःख दिन सक्छ । यस्ता कुराहरु रेगुलर ईभी चालकहरुले जानेमा बीच बाटोमा समस्या भोग्नु पर्दैन । यहाँ हामीले इभीमा आउने सामान्य समस्या र निराकरणको उपाएका बरेमा चर्चा गरेका छौ ।
आफ्नो इभी सामान्य अवस्था पार्क गरेको ठाँउमा केही समयपछि गाडी अन नै नभएको गुनासाहरु धेरैले गर्ने गरेका छन् ।
इलेक्ट्रीक गाडीमा लिथीयम आयोनको ठूलो साइजको मुख्य ब्याट्रीको साथै, १२ भोल्डको लिड एसिड ब्याट्री पनि हुने गर्छ । जुन हामीले अरु गाडीमा जस्तै बोनेट खोलेपछि कारको अग्र भागमा देख्न सक्छौ । इभीमा हुने यो सानो ब्याट्रीले मोटर चलाउने तथा एसीको फङ्सन चलाउने, इन्फोटेन्टमेन्ट सिस्टम चलाउने, क्याविन तथा वाहिरका लाइटहरु चलाउने र सुरुमा गाडी स्टार्ट गर्न सहयोग गर्ने काम गर्छ ।
यदि १२ भोल्टको ब्याट्रीमा समस्या आएमा इभीलाई अन गर्ननै सकिदैन । यस्तो अवस्थामा आफ्नो इभी फुल चार्ज भएता पनि चलाउन सकिदैन । सानो ब्याट्री डिसचार्ज भएमा वा कनेक्सन टुटेमा ईभी चलाउन मिल्दैन ।
सामान्यतया १२ भोल्टको ब्याटीको आयू ४ देखि ५ वर्षसम्म हुने भएकोले पुरानो हो भने परिवर्तन गर्नु उपयुक्त हुन्छ । यदि बाटोमा रोकेपछि कार स्टार्ट भएन भने सबैभन्दा पहिला ब्याट्रीको कनेक्सन टुटेको छ वा छैन चेक गर्नु पर्छ ।
यदि कनेक्सन टुटेर स्टार्ट नभएको रहेछ भने राम्रोसँग कनेक्सन जोडेमा मात्र पनि गाडी स्टार्ट गर्न सकिन्छ । तर, ब्याट्रीमा चार्ज नै सकिएको हो भने वा ब्याट्री बिग्रिएको हो भने यस्तो अवस्थामा अन्य सवारी साधनको सहायतामा जम्प स्टार्ट गर्नु पर्ने हुन्छ ।