चीनमा आगामी वर्ष न्यू इनर्जी भेहिकलको बिक्री ३० प्रतिशतले बढ्ने

काठमाडौं । विश्वकै धेरै भेहिकल उत्पादन र बिक्री गर्ने देश बनेको चीनमा न्यू इनर्जी भेहिकलको बिक्री सन् २०२५ मा ३० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । चिनियाँ थिङ ट्याङ्कहरुले आगामी वर्ष १ करोड ६५ लाख युनिट न्यू इनर्जी भेहिकल बिक्री हुने अनुमान गरेका हुन् ।

चिनियाँ थिङ ट्याङ्क चाइना ईभी १०० का भाइस प्रसिडेन्ट झांग योङ्गवेईले मिडिया कन्फ्रेन्समा दिएको जानकारी अनुसार सन् २०२४ को तुलनामा न्यू इनर्जी भेहिकलको बिक्री ३० प्रतिशतले बढ्नेछ ।

उनका अनुसार चीनमा ३ करो २० लाख युनिट कार उत्पादन हुनेछ । त्यसमा न्यू इनर्जी भेहिकलको हिस्सा ५० देखि ५५ प्रतिशतसम्म पुग्न सक्नेछ । चीनमा उत्पादन भएका मध्ये २ करोड ६० लाख युनिट चीनमै खपत हुनेछ भने ६० लाख युनिट निर्यात हुने अनुमान गरिएको छ ।

अहिलेकै अवस्थामा चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी बीवाइडी बन्नेछ । त्योसँगै एसएआइसी ग्रुप, जिली होल्डीङ र चेरी अटोमोवाइल जस्ता कम्पनीले चीनमा तिब्र गतिमा आफ्नो उत्पादन बढाउँदै लाने आँकलन गरिएको छ ।


Back_to_top