काठमाडौं । ‘ईयू कार अफ द एयर २०२४’का लागि उत्कृष्ट ७ मोडलका कारको नाम सार्वजनिक भएको छ । आगामी फ्रब्रुेअरी २६ मा जेनेभा मोटर शोमा घोषणा हुने उक्त अवार्डका लागि दुई चिनियाँ, दुई फ्रेन्च, एक/एक जापानी, जर्मनी र कोरियन कम्पनीका कार सर्टलिस्टमा परेका हुन् ।
सर्टलिस्टमा परेका मोडलहरूमा बीएमडब्ल्यू ५ सिरीज, बीवाइडी सिल, किया ईभी ९, प्यूजोको ई ३००८, रेनो सिनिक, टोयोटा सी एचआर र भल्भोको ईएक्स ३० रहेका छन् । जसमा बीवाइडी र भल्भो चिनियाँ ब्राण्ड हुन् भने रेनो र प्यूजो फ्रेन्च कम्पनी हुन् । त्यस्तै, टोयोटा जापानी, किया कोरियन र बीएमडब्ल्यू जर्मनीको अटोमोबाइल ब्राण्ड हो ।
केहीदिन अघि उत्कृष्ट २८ मोडलहरू सर्टलिस्टमा छनोट गरिएको थियो भने अहिले फाइनलका लागि ७ मोडल छानिएको हो । जसमा चिनियाँ र फ्रेन्च ब्राण्डले फाइनल नोमिनेसनमा २८.५ प्रतिशत हिस्सा लिन सफल भएका छन् भने जर्मनी, कोरियन र जापानी ब्राण्डको हिस्सा प्रत्येकको १४.३ प्रतिशत रहेको छ ।

