‘पावर’ बढाउने होडमा इलेक्ट्रीक कार निर्माता

काठमाडौं । विद्युतीय कार उत्पादन वृद्धिसँगै निर्माताहरुको होड गाडीको ‘पावर’मा देखिएको छ । विद्युतीय कार उत्पादनको एक दशक हाराहारीको अनुभवमा नै कम्पनीहरु ‘पावरफुल’ कार उत्पादनमा प्रतिस्पर्धा गरिरहेको देखिन्छन् ।

विद्युतीय कारलाई पावरफुल बनाउने दौडमा विद्युतीय कार निर्माता लुसिड एयर, टेस्ला, एक्सपेङ, एलआई, बीवाइडी, रेभानी, लोटस, देखि भियतनामी कम्पनी भिनफास्ट जस्ता नयाँ ब्राण्डहरु देखिएका छन् ।

पावरको मामलामा पुराना ब्राण्ड र चलेका कम्पनीहरु पनि कम छैनन् । उनिहरुको पावरफुल कार उत्पादनमा अनुभवसँगै सफलता हासिल गरेको विगत पनि छ । त्यसैले इलेक्ट्रीकमा उनिहरु पनि पावरफुल उत्पादनमा जोड दिदै आएका छन् ।

अहिले बीएमडब्लू, मर्सिडिज, पोर्श्चे, फक्सवागेन, टोयोटा, हुन्डाई, किया, फोर्ड, जनरल मोटर्स जस्ता कम्पनीहरु पनि पावरफुल कार उत्पादनमा केन्द्रित देखिएका छन् ।

यसअघि इन्टरनल कम्बस्चन इन्जिन भएका कार उत्पादकले स्पोर्टस् कारहरुमा पावरलाई मुख्य प्रयोगको रुपमा मान्थे । तर, मास मार्केटमा प्रयोग हुने कारहरुको औषत पावर ८० देखि १५० पीएस हाराहारी हुन्थ्यो । तर, इलेक्ट्रीकमा औषत पावर नै १३० देखि ३५० पीएस हुन थालेको देखिन्छ ।

इलेक्ट्रीक कारमा प्रयोग हुने मोटरहरु १०० किलोवाट माथिकै हुन्छन् । साना ईभीमा मात्रै १०० किलोवाटभन्दा कम क्षमताका मोटरहरु प्रयोग हुँदै आएका छन् । यदि तपाई एसयूभी डिजाइनमा इलेक्ट्रीक कार खोज्नु हुन्छ भने १०० किलोवाटभन्दा कममा पाउनै मुस्किल पर्छ ।


Back_to_top