पन्च ईभीमा भएका लोभलाग्दा १० फिचर

काठमाडौं । टाटा पन्च ईभी आगामी बुधबार जनवरी १७ तारिखबाट बिक्री सुरु हुने भएसँगै यसमा रहेका फिचरका बरेमा जोडतोडले चर्चा हुन थालेको छ । कम्पनीले यसअघि बिक्री गर्दै आएको पेट्रोल पन्चको तुलना यसमा आकर्षक फिचर दिएको कारण चर्चा धेरै भएको हो ।

विद्युतीय गाडी पेट्रोल कारको तुलनामा दोब्बरभन्दा बढी महंगो हुने भएको कारण भारतमा यसमा रहेका फिचरको चर्चा हुनु स्वभाविक हो । कम्पनीले पन्च ईभीमा दिएको फिचर दुई वर्षअघिसम्म लग्जरी कारमा मात्रै उपलब्ध हुने फिचरहरु छन् ।

भारतीय बजारमा बिक्री सुरु भएको केही महिना भित्रै नेपाल आउने पन्च ईभी रहेका मुख्य १० फिचरलाई हामीले यहाँ उल्लेख गरेका छौं । यी फिचरहरु पेट्रोल पन्च मोडलमा भने उपलब्ध छैन ।

पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ । यी फिचर पन्च पेट्रोलमा पाइदैन ।

त्यसैगरी पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भ्यान्टीलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्यूरिफायर जस्ता फिचर दिएको छ ।


Back_to_top