गण्डकी प्रदेशः साना इलेक्ट्रीक कारमा वार्षिक कर नलाग्ने

पोखरा । गण्डकी प्रदेश सरकारले निजी प्रयोजनको लागि दर्ता हुने साना कर, जीप, भ्यान, माइक्रोबस र बसमा मोटर क्षमता अनुसार वार्षिक कर निर्धारण गरेको छ । प्रदेश सरकारले ५० किलोवाटभन्दा कम क्षमताको गाडीमा वार्षिक कर नलाग्ने ब्यवस्था गरेको हो ।

प्रदेश सरकारले ५० किलोवाट माथि १२५ किलोवाटसम्मको गाडीमा वार्षिक १० हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्मका गाडीमा १५ हजार र २०० किलोवाट माथिका गाडीमा २० हजार वार्षिक कर लाग्ने व्यवस्था गरेको छ ।

गण्डकी प्रदेश सरकारले साना कारमा कर नलगाएको कारण बजारमा रहेका महिन्द्रा इटुओ, डेरी, हेनरी, दिगो लगायतका ब्राण्डका गाडी चढ्नेले गण्डकी प्रदेशमा वार्षिक कर तिर्नु पर्दैन ।

त्यसैगरी प्रदेश सरकारले दुई पाङ्ग्रे विद्युतीय साधनमा एक हजार देखि २ हजारसम्म कर निर्धारण गरेको छ । गण्डकी प्रदेशमा दर्ता हुने ३५० वाटदेखि १ हजार वाटसम्मका स्कुटर तथा मोटरसाइकलले वार्षिक १ हजार, एक हजार वाटदेखि १५ सय वाटसम्मका साधनले एक हजार ५ सय रुपैयाँ र २ हजार वाटमाथिका साधनले वार्षिक २ हजार रुपैयाँ कर तिर्नु पर्ने हुन्छ ।


Back_to_top