काठमाडौंको सडकमा देखियो अल्ट्राभोइलेट एफ ७७, चाँडै बिक्री सुरु हुने

काठमाडौं । उपत्यकाको सडकमा अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकल देखिएको छ । परिक्षणको क्रममा देखिएको अल्ट्राभोइलेट एफ ७७ टेकुको सडकमा देखिएको हो ।

अल्ट्राभोइलेट नेपाली बजारमा केडिया इन्टरनेशनलले आधिकारीक बिक्रेता बनेर ल्याउन लागेको हो । र्याप गरिएको अवस्थामा देखिएको मोटरसाइकलमा पिलियन राइडर सहित परिक्षण भइरहेको देखिएको छ ।

केडिया इन्टरनेशनलले नाडा अटो शो२०२३ मा एम्पीयर इलेक्ट्रीक सार्वजनिक गरेर बिक्री सुरु गरेको थियो । अब प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ब्रान्ड अल्ट्राभोइलेटको बिक्री सुरु गर्ने तयारी गरेको हो ।

कम्पनी श्रोतका अनुसार अंग्रेजी नयाँ वर्षदेखि अल्ट्राभोइलेट एफ ७७ बिक्री सुरु गर्ने तयारीका साथ परिक्षण भइरहेको जनाएको छ । ढाकिएर परिक्षण भइरहेको मोटरसाइकल एफ ७७ को कुन भेरियन्ट भनेर यकिन भन्न सकिन्न ।

अल्ट्राभोइलेट एफ ७७ भारतमा विभिन्न तीन भेरियन्ट उपलब्ध छ । एफ ७७ लाइटिनिङ, एफ ७७ स्याडो र एफ ७७ लेजरगरी तीन भेरियन्टमा छनोट दिइएको छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने एकीन भएको छैन ।

अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकलमा निकै पावरफुल ३० किलोवाट पीक पावर भएको एयर कुल्ड मोटर छ । यसको टप स्पीड प्रतिघण्टा १४७ किलोमिटर रहेको कम्पनीको दाबी छ । मोटरसाइकलमा इको, स्पोर्ट र इन्सेनगरी तीन राइडिङ मोड पाउन सकिन्छ ।

यसको टप भेरियन्टमा १०.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई सामान्य चार्जरबाट ४ घण्टामा र फास्ट चार्जरबाट एक घण्टा ५० मिनेटमा फुलचार्ज गर्न सकिन्छ । यसले एक पटकको फुलचार्जमा ३०७ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यो मोटरसाइकलको मूल्य १० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।


Back_to_top