मित्सुबिसीले पजेरो स्पोर्टको फेसलिफ्ट भर्सन बजारमा ल्याउने भएको छ । कम्पनीले पजेरो स्पोर्टको रेगुलर मोडललाई आकर्षक डिजाइ र थप विशेषता सहित बजारमा ल्याउने भएको हो ।
यसको फेसलिफ्ट भर्सनमा रेगुलर मोडलको भन्दा फराकिलो क्याबिन, परिमार्जित फ्रन्ट फेसिका, क्रोम ग्रिल, नयाँ फ्रन्ट बम्पर,ट्वीस्क टेलल्याम्प लगाइएको छ । यस्तै पजेरो स्पोर्टमा नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर, ८.० इन्चको इन्फोटेनमेन्ट सिस्टमसंगै एप्पल कार प्ले, ८.० इन्चको एलसिडी डिस्प्ले, सेन्टर कन्सोल, डोर ह्यान्डल, रिमोट कन्ट्रोल किलेस इन्ट्री सिस्टमको विशेषता प्रदान गरिएको कम्पनीले जनाएको छ । यसमा स्मार्टफोनबाटै डोर लक गर्न सकिने सिस्टम प्रदान गरिएको छ ।
यस एसयूभीमा उपलब्ध २.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिनले १८१ बीएचपी पावरका साथ ४३० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ८ स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ । सुपर सेलेक्ट फोर ह्वील ड्राइभ सिस्टममा आउने यस मोडलले फोर्ड इन्डेभोर, टोयोटा फर्चुनर, महिन्द्रा अल्टुरस जी फोरसंग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।


