नक्कली परमिट बनाएर भारत-नेपाल बस सेवा संचालन, कारबाही तीव्र

काठमाडौं । नक्कली रुट परमिट बनाएर भारत-नेपाल बस सेवा संचालन गरेको भेटिएको छ ।

भारतको उत्तर प्रदेशको यातायात विभागले नेपाल-भारट रुटमा चल्ने निजी बसहरूको कागजात चेकजाँच गर्दा यस्तो भेटिएको हो ।

चेकजाँचका क्रममा दुई देश चल्ने केही बसहरूले प्रयोग गर्ने परमिट नक्कली भएको भेटिएको हो । ती बसहरूले क्षेत्रीय यातायात कार्यालयबाट जारी भएको जस्तो देखिने नक्कली कागजात प्रयोग गरिरहेको पाइएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

बसहरूले नक्कली परिमिट प्रयोग गरिरहेको बारे लखनऊको विदेशी क्षेत्रीय दर्ता कार्यालय र सशस्त्र सीमा बलले नेपालको सीमामा केही बसहरूले देखाएका परमिटहरू जाँच्दा ती नक्कली वा गैरकानुनी रूपमा जारी गरिएको पाइएको हो ।

अलीगढ, बागपत र महाराजगञ्जमा नक्कली परमिट भएको पुष्टि भएको छ । जहाँ स्थानीय यातायात कार्यालयले ती परमिट जारी नगरेको बताएका छन् । त्यस्तै, भारतको गोरखपुर, इटावा र औरैया जिल्लामा पनि नक्कली परमिट देखाएर बस चलाइरहेको भेटिएको छ ।

नक्कली परमिट प्रयोग गर्ने बस विरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको छ भने कानुनी कारबाही पनि सुरु भएको छ।

नक्कली रुट परमिट प्रयो गरी दुई देशमा बस चलाउनु सन् २०१४ को भारत-नेपाल यातायात सम्झौताको उल्लंघन हो।

अधिकारीहरूका अनुसार क्षेत्रीय यातायात कार्यालय नजिकका बिचौलियाहरूले नेपाल मार्गका लागि परमिट बनाइरहेका थिए, जुन हालको नियमअनुसार आवश्यक पनि छैन। धेरै निजी बस सञ्चालकहरूलाई यो थाहा नभएकाले उनीहरूले नक्कली कागजातका लागि ठूलो रकम तिरेको पाइएको छ । यो खर्च यात्रुहरूमाथि महँगो भाडा लाएर उठाइउने गरेका छन् ।

मोटर वाहन ऐन, १९८८ र भारत-नेपाल यातायात सम्झौता अनुसार, सीमापार यात्राका लागि केवल दूतावास वा वाणिज्य दूतावासले जारी गरेको फारम सी परमिट मात्र मान्य हुन्छ।

राज्यस्तरमा जारी गरिएका एसआर ३० वा जस्ता परमिटहरू अन्तर्राष्ट्रिय यात्राका लागि कानुनी मान्यता प्राप्त होइनन् ।


Back_to_top