थाहा पाउनुस् होन्डा सीबी-३०० आरका यी ५ तथ्य

होन्डाले भारतीय बजारमा सीबी ३०० आर रेट्रो बाइकको बुकिङ्ग सुरु गरेको छ । यसलाई कम्पनीले होन्डाको प्रिमियम डिलर नेटर्वकबाट मात्र बुकिङ गर्न सकिने जनाएको छ । 

होन्डा सीबी ३०० आर सार्वजनिक हुनुभन्दा पहिला त्यसका केही विशेषताहरु हामीले जानकारी दिने प्रयास गरेका छौं । उक्त बाइक नेपाली बजारमा अहिल्यै आउने वा नआउने भन्ने विषयमा टुङ्गो लागि सकेको छैन । 

१. डिजाइन

कम्पनीका अनुसार होन्डा सीबी ३०० आरको डिजाइन नियो स्पोर्टस् क्याफेको रेट्रो स्टाइलमा रहेको छ ।

बाइकमा फुल एलइडी राउन्ड हेडल्याम्प रहेको छ । बाइकको ह्यान्डल अप साइड बार रहेको छ साथै फुल डिजिटल कन्सोल, अल एलइडी लाइट जस्ता फिचर रहेको छ । फ्रन्टमा ४१ एमएम अप साइड डाउन र्फक र पछाडी ५ स्टेप प्रो लिकं मोनोसक रहेको छ । 

२.फिचर्स

होन्डा सीबी ३०० आर सेग्मेन्टमा पहिलो इन्टेरियल मेजरमेन्ट सिस्टमा आधारीत ड्यूल च्यानल एबिएससहित आएको छ । यसले ब्रेकिङ् सिस्टममा दुबै ह्वीलमा परिर्माजित गरेर यसको फोर्सलाइ डेलिभर गर्छ । फ्रन्टमा २९६ एमएम तथा रियरमा २४० एमएमको ४ पिस्टन क्यालिपर डिस्क ब्रेक रहेको छ । बाइकमा मेचिलिन पाइलट स्ट्रीट ट्यूवलेस टायर रहेको छ । 

३. इन्जिन, माइलेज

२८६ सीसी लिक्वीड कुल्ड, ४ भल्भ, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ३१ बीएचपी तथा ७५०० आरपीएममा २७.५ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको ट्रान्समिसन जडित यो बाइकमा १० लिटरको फ्यूल ट्याङ्क दिइएको छ । यो बाइकले ३०० किलोमिटर रेन्ज प्रदान गर्छ । एभरेजमा यसको माइलेज ३० किलोमिटर प्रतिलिटर पर्न जान्छ ।

४. मूल्य, प्रतिस्पर्धा

होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले यो बाइकको मूल्य भारतीय बजारमा २ लाख ५० हजार एक्स शोरुम प्राइस निर्धारण गर्ने अनुमान गरिएको छ । यो बाइले भारतीय तथा नेपाली बजारमा बिएडब्ल्यू जि ३१० आर र केटीएम ३९० सँग प्रतिस्पर्धा गर्ने छ । 

५.लन्च 

होन्डाको प्लान्ट गुडगावमा एसेम्वल भएको यो बाइक भारतीय बजारमा यहि हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 


Back_to_top