सुजुकीले ल्याउने ईभी बारे थाहा पाउनुहोस् ५ तथ्य, यी हुन् प्रतिस्पर्धी

काठमाडौं । विद्युतीय साधनमा निकै पछाडि देखिएका जापानी ब्राण्डहरु अहिले ईभी विकासमा काम गरिरहेका छन् । सुजुकीले पनि आफ्नो पहिलो मोडल यहि वर्षको अक्टोबरमा सार्वजनिक गर्ने तयारी गर्दैछ ।

विशेषत भारतीय प्लान्टबाट उत्पादन गरेर विश्वका धेरै देशमा बिक्री गर्ने योजनाका साथ काम गरिरहेको सुजुकीले यसको लगभग उत्पादन मोडल ‘मोबिलीटी ग्लोबल एक्स्पो-२०२४’ मा देखाएको थियो ।

सुजुकीले ल्याउन लागेको पहिलो ईभी मोडलमा अर्को जापानी ब्राण्ड टोयोटाको पनि सहकार्य छ । उक्त एसयूभी सम्भवत टोयोटाको ब्याजमा पनि आउने छ । जेहोस् २०२४ मा जापानी उत्पादकले नयाँ ईभी बजारमा ल्याउने छन् ।

दुई जापानी ब्राण्डको सहकार्यमा आउन लागेको विद्युतीय एसयूभी नेपाली बजारमा पनि लगभग भारतमा बिक्री सुरु हुनासाथ आउने छ । त्यसैले यसको बारेमा अहिलेसम्म सार्वजनिक भएका ५ तथ्यलाई यहाँ प्रस्तुत गरेका छौं ।

पृथक इन्टेरियर

विभिन्न स्थानमा यसको परिक्षण भइरहेको तस्विरहरु बाहिर आइरहेका छन् । हालै बाहिर आएको इन्टेरियरको तस्विर हेर्दा सुजुकीले आफ्नो अन्य मोडलभन्दा पृथक इन्टेरियर ईभीएक्समा दिएको छ ।

सुजुकीले ड्यासबोर्डको बीचमा १० देखि १२ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको देखिन्छ । यसमा हेडअप डिस्प्ले, वायरलेस फोन चार्जर, डिउलजोन अटोमेटीक एसी, एम्बीयन्ट लाइटको प्रयोग हुनेछ ।

इलेक्टीक पावर फ्रन्ट सिट, नयाँ डिजाइनको टुस्पोक स्टेरिङ ह्वील, अटोडीमीङ आइआरभीएम, रोटरी ड्राइभ मोड सेलेक्टर दिनेछ ।

प्लेटफर्म र रेन्ज

सुजुकीले इभीएक्सलाई टोयोटाको ‘२७–पीएल स्केटबोर्ड आर्किटेक्चर’मा बनाएको हो । यसमा ४० किलोवाट आवर र ६० किलोवाट आवरका दुई फरक ब्याट्री प्याक रहनेछ । कम्पनीका अनुसार यसले सिंगल चार्जमा ५५० किलोमिटरसम्म रेन्ज दिने दावी गरेको छ ।

ईभीएक्समा सुपर फास्ट चार्जिङका साथै भेहिकल टु लोड क्यापाबीलीट समेत रहनेछ । यसमा पर्फमेन्सका लागि सिंगल र टुइन मोटर सेटअप समेत हुनेछ ।

टोयोटाका उत्कृष्ट फिचर

ईभीएक्स टोयोटा र सुजुकी मिलेर विकास गरेको पहिलो विद्युतीय एसयूभी हो । टोयोटाले पनि अर्बान एसयूभी कन्सेप्टमा आगामी वर्षको दोस्रो हाफमा ईभीएक्सकै बेसमा ईभी लन्च गर्ने जनाएको छ ।

सुजुकीले भारतलाई ईभीको उत्पादन हवको रुपमा विकास गरी युरोप तथा जापानमा समेत निर्यात गर्ने लक्ष्य राखेको छ । ईभीएक्समा सिंगल प्यानल सनरुफ, ३६० डिग्री क्यामरा, एडास सिस्टम, अल एलइडी लाइट, पिल्लर माउण्टेड रियर डोर ह्याण्डल, चार्जिङ पोर्ट माउण्टेड फ्रन्ट फेन्डर, नयाँ डिजाइनको अलोय ह्वील, ब्राण्ड न्यू ड्यासबोर्ड तथा सेन्टर कन्सोल जस्ता फिचर दिनेछ ।

बजारमा आउने मिति

सुजुकीले भारत लगायत विभिन्न देशमा यसको रोड टेस्ट गरिरहेको छ । शोसल मिडियामा यसका विभिन्न फिचरहरुको चर्चा हुने गरेको छ । भारतको सबैभन्दा ठूलो कार उत्पादकले बनाउन लागेको पहिलो कम्प्याक्ट मिडसाइज एसयूभीको बिक्री २०२५ बाट सुरु हुन्छ ।

अबको करिब १० महिना भित्रै नेपालमा पनि यसको आधिकारीक बिक्री सुरु हुनेछ ।

प्रतिस्पर्धी मोडल

नेपालमा चिनियाँ कम्प्याक्ट र मिडसाइज एसयूभीको लामो लिष्ट उपलब्ध रहेको छ । यसका अलावा हुन्डाई क्रेटा ईभी, टाटा कर्भ ईभी र महिन्द्रा एक्सयूभी ५०० ईभीसँग पनि प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।

चीनमा उत्पादन भएका बीवाइडी एटो-थ्री, ओमोडा ई-५, एमजी जेडएस ईभी, नेटा एक्स, दिपल एस-७ जस्ता ईभीसँग यसले प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top