काठमाडौं । चीनमा उत्पादन भएका एकपछि अर्को एसयूभी नेपाल आउनेक्रम बढ्दो छ । नाडा अटो शो २०२३ मा बुकिङ खुल्ला भएको नेटा एक्स मोडल नेपाल आईपुगेको हो ।
चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाल ल्याएको नेटा एक्स निकै प्रिमियम फिचरले भरिपूर्ण देखिएको छ । आकर्षक बडी डिजाइन, ठूलो साइज र राम्रो रेन्ज प्रदान गर्ने नेटा एक्समा ६२ किलोवाट आवर क्षमताको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।
यसमा रहेका सबै फिचरको बारेमा कम्पनील जानकारी दिइसकेको छैन । तर, नेपाल आएको नेटा एक्स कम्पनीले थाइल्याण्डमा बिक्री गर्दै आएको स्पेक भएको सहजै अनुमान लगाउन सकिन्छ ।
‘एसयूभीको सम्पूर्ण डिटेल र मूल्य घोषणा गर्ने तयारी भइरहेको छ । सायद यहि साताबाट टेष्ट ड्राइभ सुरु हुन्छ । जेठमा ग्राहकलाई डेलिभरी दिने योजना छ’, कम्पनी स्रोतले भन्यो ।
मूल्यको आधारमा अहिले बजारमा रहेको थुप्रै एसयूभीलाई असर पर्नेगरी बजारमा आउने अपेक्षा गरिएको छ ।






