काठमाडौं । फोर्डले नेपाली बजारमा २०२० मोडलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले २०२० मा उत्पादन भएको मोडल किन्न चाहनेहरुको लागि बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ ।
नेपालको लागि फोर्डको आधिकारीक वितरक जिओ फोर्डले यही महिनाको अन्त्यसम्ममा २०२० मा उत्पादन भएका गाडी डेलिभरी दिने जनाएको छ ।
‘हामी ग्राहकलाई नयाँ वर्षको सुरुवातसँगै नयाँ उत्पादन दिने गर्छौ । ग्राहकले २०२० मा गाडी किन्दा सोही वर्षको उत्पादन मिति भएका गाडी किन्न पाउन् भनेर चाँडै नयाँ गाडी ल्याउने तयारीमा छौँ’, कम्पनीका जनरल मेनेजर सुनिल क्षेत्रीले भने ।
उनकाअनुसार फोर्डका नेपाली बजारमा उपलब्ध सबै मोडलका नयाँ गाडी आउने छ । त्यसका लागि ग्राहकले १ लाख रुपैयाँ तिरेर बुकिङ गर्नु पर्ने हुन्छ ।
नयाँ उत्पादन पनि अहिलेकै मूल्य अनुसार बिक्री हुने भन्दै क्षेत्री भन्छन्, ‘विशेषत नयाँ उत्पादनमा केही मूल्य बढेर आउने गर्छ तर, हामी पुरानै मूल्यमा नयाँ गाडी ग्राहकलाई दिने छौं ।’
नेपाली बजारमा फोर्डले विभिन्न भेरियन्टमा इकोस्पोर्ट, फिगो, एस्पायर, रेञ्जर, इन्डोभर र र्याप्टरको बिक्री गर्दै आइरहेको छ ।

