सुजुकी ‘विन्टर फ्रि सर्भिस क्याम्प’ पुस २३ देखि २५ गतेसम्म हुने

नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता  सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिसमा  ५० प्रतिशत छुट पाउनेछन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउनेछन् ।

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । देशैभरी ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल रहेकाे छ ।


Back_to_top