सोनीले बनायो पहिलो इलेक्ट्रीक कार, सुरक्षाको लागि ३३ सेन्सरको प्रयोग

काठमाडौं । जापानको चर्चित इलेक्ट्रोनिक्स कम्पनी सोनीले पहिलो पटक कार बनाएको छ । कम्पनीले ‘सोनी भिजन–एस’ इलेक्ट्रीक कारको कन्सेप्ट तयार गरेको हो । यसलाई कम्पनीले अटो उद्योगको रुपमा भने चर्चा गरेको छैन ।

कम्पनीले तयार गरेको इलेक्ट्रीक सेडान कारको प्रोटोटाइप बोस्च, कन्टिनेन्टल्स, जेन्टेक्स, एनभीदा र मग्नासँग मिलेर तयार गरिएको हो । सोनी विश्वभर टेलिभिजन, क्यामेरा, मोवाइल जस्ता बस्तु उत्पादनमा निकै चर्चित रहेको छ । यस्तोमा कम्पनीले अब कार उत्पादनलाई आफुमा जोड्ने तयारी गरेको देखिन्छ ।

सोनीको भिजन–एस कन्सेप्टमा ३३ फरक–फरक सेन्सर प्रयोग गरिएको छ । उक्त सेन्सरहरु कारको एक्स्टेरियर र इन्टेरियरमा प्रयोग गरिएको कम्पनीले जनाएको छ । यी सबै सेन्सरहरु सुरक्षालाई मध्यनजर गर्दै प्रयोग गरिएको कम्पनीको भनाई छ ।

सेनीले ल्याएको उक्त इलेक्ट्रीक कन्सेप्ट कारमा ठूलो विन्डस्कृन डिस्प्ले, ३६० अडियो, लेटेस्ट कनेक्टीभिटी उपलब्ध रहेको छ । यसमा पोस्र्चेको जस्तै हेडल्याम्प दिइएको छ । यसमा अगाडिको यात्रुको लागि छुट्टै स्कृन उपलब्ध रहने छ ।

आजबाट अमेरिकाको लस भेगासमा आयोजना भइरहेको कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०२०मा सार्वजनिक गरिएको उक्त कन्सेप्ट कार बारेमा बोल्दै सोनी कम्पनीका सिइओ किनिरिचो यासुदाले भने ‘यो नितान्त भविष्यको यातायातको लागि सोनीको एउटा प्रयास हो । यसमा कम्पनीले सुरक्षा, विद्युतीकरण र मनोरञ्जनलाई प्राथमिकतामा राखेर काम गरेको छ । हामीले आफुसँग भएको विज्ञताको प्रयोग गर्दै नयाँ रणनीतिका साथ यो इलेक्ट्रीक कारको कन्सेप्ट ल्याउका हौँ ।’

कम्पनीले ल्याएको उक्त प्रोटोटाइपमा पूर्णत श्वचालित प्रणाली जडान गरिएको छ । यो कारमा रहने मोटर, व्याट्री प्याक लगायतका विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


Back_to_top