एउटा विद्युतीय कारमा एक लाख डलर घाटा, एक वर्षमै गुमाउने भयो ५.५ बिलियन

काठमाडौं । अमेरिकी अटो जाइन्ट फोर्डले एउटा विद्युतीय कारमा औषत एक लाख अमेरिकी डलर घाटा खाएको रिपोर्ट सार्वजनिक भएको छ । हरेक कारमा एक लाख डलर घाटामा गाडी बिक्री गर्दै आएको कम्पनीले सन् २०२४ भर यस्तै अवस्था रहे ५.५ विलियन डलर घाटा ब्योहोर्नु पर्ने देखिएको हो ।

ब्लूमवर्गले प्रकाशित गरेको रिपोर्टका अनुसार अन्तर्राष्ट्रिय बजारमा चलेको प्राइस वारमा सामेल भएसँगै फोर्डको घाटामा वृद्धि भएको हो । रिपोर्टका अनुसार कम्पनीले आफ्ना ब्याट्री सप्लायर्सहरु एसकेअन, एलजी इनर्जी शोलुसन र सिएटीएलसँगको अर्डर पनि घटाउँदै लगेको छ ।

अमेरिकी बजारमा घट्दो ईभीको मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो नयाँ मोडलहरुको काम पनि सुस्त बनाएको छ । फोर्डले चाँडै बजारमा ल्याउने योजनासहित काम गरिरहेको ‘अल इलेक्ट्रीक पीकअप’ ‘प्रोजेक्ट टी–३’ र थ्री रो एसयूभीलाई केही ढिला गर्ने भएको छ ।

चिनियाँ उत्पादकहरुले आफ्नो कारको मूल्यमा ब्यापक कटौती गर्न सफल भइरहेको समयमा अमेरिकी उत्पादकको महंगो लागतले धेरैलाई तर्साएको छ ।


Back_to_top