रोयल इनफिल्ड गुरिल्ला ४५० को नयाँ तस्बीर बाहिरियो, यस्तो छ मोटरसाइकल

काठमाडौं । रोयल इन्फिल्ड गुरिल्ला ४५० लन्च हुनु अगावै तस्बीर सामाजिक सञ्जालमा लिक भएको छ । हिमालयन ४५० को प्लेटफर्ममा तयार भएको निओ रेट्रो रोडस्टर गुरिल्ला ४५०को नयाँ तस्बीर बाहिरिएको हो ।

यसअघि पटक पटक परीक्षणको क्रममा देखिएको उक्त मोटरसाइकलको तस्बीर अहिले भने क्लियर रूपमा बाहिर आएको हो ।

सार्वजनिक भएको नयाँ तस्बीर गुरिल्ला ४५० हिमालयन ४५० सँग मिल्दो जुल्दो देखिन्छ । रोडस्टार डिजाइनको गुरिल्ला ४५०मा सिङ्गल सिट, रोडस्टर ह्यान्डलबार, हिमालयन भन्दा साना ह्वील, टेलिस्कोप फोर्क र गेटर समावेश गरिएको देख्न सकिन्छ ।

यसको लुक्स हेर्दा हन्टर ३५० सँग मिल्दोजुल्दो देखिए पनि टेललाइट र टर्न इन्डिकेटरसहित पछाडिको भाग हेर्दा हिमालयन ४५० सँग मिल्दोजुल्दो देखिन्छ ।


Back_to_top